Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
विज्ञान र प्रविधि बहिष्कार एकदमै प्रभावकारी हुने अनुभव फेसबुकले गरिरहेको छ।

बहिष्कार एकदमै प्रभावकारी हुने अनुभव फेसबुकले गरिरहेको छ।

Published:

On: Nepal

अठारौँ शताब्दीको अन्त्यमा दासता उन्मूलनवादी आन्दोलन चलेको बेला ब्रिटिश नागरिकलाई दासले उत्पादन गरेका सामानहरू खरिद नगर्न प्रोत्साहन गरिएको थियो।

लगभग तीन लाख मानिसले चिनी किन्न छाडेपछि दासत्व उन्मूलनका लागि दबाव परेको थियो।

पछिल्लो पटक ‘नाफाका लागि घृणा फैलाउन रोक’ अभियानको रूपमा बहिष्कारलाई माध्यम बनाएर नयाँ आन्दोलन चलिरहेको छ।

यो अभियानले फेसबुकले जतिवादी र घृणायुक्त सामग्रीहरू हटाउन पर्याप्त कदम नचालेको दाबी गरेको छ।

मार्क जकरबर्ग: फेसबुक संस्थापक कडा नियमनको पक्षमा सामाजिक सञ्जालमा नेकपा विवादः घोचपेचदेखि सहमतिको आह्वानसम्म
उक्त अभियानले ठूला कम्पनीलाई फेसबुकमा विज्ञापन रोक्न मनाएको छ। पछिल्लो पटक फोर्ड, एडीडास र एचपी कम्पनीले फेसबुकलाई दिइरहर्को विज्ञापन रोकेका छन्।

यसअघि कोकाकोला, युनीलीभर र स्टारबक्सले त्यस्तै निर्णय गरेका थिए।

अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार गएको मे महिनामा माइक्रोसफ्टले फेसबुक र इन्स्टाग्राममा विज्ञापन दिन बन्द गरेको थियो।

‘अनुपयुक्त सामग्री’ प्रति चिन्ता व्यक्त गर्दै माइक्रोसफ्टले सो कदम चालेको बीबीसीले पुष्टि गरेको छ।

पछिल्लो बहिष्कारले फेसबुकलाई क्षति पुर्याउने देखिन्छ किनभने फेसबुकको अधिकांश आम्दानी विज्ञापनबाटै हुने गर्छ।

एभिभा इन्भेस्टर्सका डेभिड कम्मिङ्सले बीबीसीको टूडे कार्यक्रमलाई विश्वासको सङ्कट र नैतिक संहिता नभएको ठानिएका कारण फेसबुकको व्यापारलाई समाप्त गर्न सक्ने बताए।

केही साता अगाडि फेसबुकको सेयर मूल्य आठ प्रतिशतले खस्केको थियो जसले सैद्धान्तिक रूपमा उक्त कम्पनीका प्रमुख कार्यकारी मार्क जकरबर्गलाई छ अर्ब पाउन्ड नोक्सान भएको भन्न सकिन्छ।

तर यो नै फेसबुकको लागि दीर्घकालीन रूपमा अस्तित्वको सङ्कट सृजना गराउने विषय बन्न सक्छ कि सक्दैन भन्ने अस्पष्ट छ।

यो समाजिक सञ्जालविरुद्ध गरिएको पहिलो बहिष्कार होइन। घृणा फैलाउने भिडिओका बीचमा विज्ञापन राखिएपछि सन् २०१७ मा प्रमुख ब्रान्डहरूले यूट्युबलाई विज्ञापन नदिने घोषणा गरेका थिए।

त्यसपछि यूट्युबले आफ्नो विज्ञापन नीतिमा परिमार्जन गर्यो र त्यसको तीन वर्षपछि उसले राम्रै गरिरहेको छ।

अहिलेको बहिष्कारले पनि फेसबुकलाई सोचे जस्तो क्षति नगर्न सक्छ।

बहिष्कार गर्ने धेरैले जुलाई एक महिनाका लागि मात्रै त्यस्तो गर्ने बताएका छन्।

फेसबुकको अधिकांश विज्ञापन साना र मध्मम व्यवसायबाट आउने गरेको छ।

सीएनएनले अघिल्लो वर्ष जनाए अनुसार १०० वटा ब्रान्डले फेसबुकमा अघिल्लो वर्ष ४.२ अर्ब डलर बराबरको विज्ञापन दिएका थिए जुन फेसबुकको विज्ञापन आम्दानीको छ प्रतिशत मात्रै हो।

अहिलेसम्म मध्यम कम्पनीहरू बहिष्कार अभियानमा जोडिएका छैनन्। एउटा विज्ञापन एजेन्सी डिजिटल ह्वीस्कीका प्रमुख रणनीतिकार म्याट मोरिसनले विज्ञापन नगर्ने निर्णय लिन नसक्ने साना व्यवसायीहरू एकदमै ठूलो सङ्ख्यामा रहेको बताए।

टेलिभिजनभन्दा सस्तो र चाहेको मानिसलाई केन्द्रित गरेर विज्ञापन गर्न सकिने भएकाले त्यस्ता व्यवसायका लागि फेसबुक अत्यावश्यक भएको उनको भनाइ छ।

फेसबुक पनि त्यसबाट अलग रहने छैन तापनि कम्पनीहरू सधैँ आफ्ना नाफाघाटालाई हेरेर निर्णय लिने गर्छन्।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

सबैलाई सरकारले कोरोनाको खोप निःशुल्क लगाइदिने

सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।