Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
अन्तर्राष्ट्रिय उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न जरुरी जरुरी नभएको बताए

उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न जरुरी जरुरी नभएको बताए

Published:

On: Nepal

उत्तर कोरियाका प्योङयाङका उच्च कूटनीतिज्ञले अमेरिकासँग वार्ता गर्न जरुरी नभएकोशनिबार बताएका हुन् ।जवाफ स्वरुप उत्तरका अधिकारीले अमेरिकासँग वर्तामा बस्ने महसुश नभएको बताएका हुन् ।

दक्षिण कोरियाले उत्तरसँग सम्बन्ध सुधार्न चाहेको धारणा सार्वजनिक गरेको केही दिनमै उत्तरबाट यस्तो प्रतिक्रिया आएको हो । उत्तर कोरियाली उपविदेशमन्त्री चोए सोन हुइले शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्ता गर्नुपर्ने आफूहरुलाई महसुश नभएको जनाएका हुन् ।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी अक्टोबरमा वार्ताका लागि आग्रह गर्ने बताएका थिए ।

अमेरिका र उत्तर कोरियाबारे जानकार विज्ञहरु भने ट्रम्प र किमबीच वार्ताले अमेरिकामा आगामी नोभेम्बरमा हुने निर्वाचनको परिणाम प्रभावित हुनसक्ने तर्क गर्छन् ।

अर्को चरणको वार्ता अघि बढ्नसक्ने सम्भावना अमेरिका र उत्तर कोरियाबीच नदेखिएको अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ ।

२०१९ मा भियतनामको हनोइमा ट्रम्प र किमबीच भेटवार्ता भएको थियो । तर उक्त वार्ताका शर्तहरु दुबै देशबाट उल्लंघन भएपछि अर्को चरणको वार्ताको वातावरण बन्न सकेको छैन ।

सम्बन्धित समाचार

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

ताजा समाचार

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।
X