Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
कोरोना भाइरस गोरखामा लाठीचार्ज: शव व्यवस्थापनमा स्थानीयले अवरोध गरे

गोरखामा लाठीचार्ज: शव व्यवस्थापनमा स्थानीयले अवरोध गरे

Published:

On: Nepal

पालुङटार, कोरोनाले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध हुँदा लाठीचार्ज भएको छ।

नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनका लागि शनिबार दिउँसो सहिद लखन गाउँपालिका-१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन|

पालुङटार नगरपालिका-७ का शनिबार बिहान कोरोनाकै कारण ज्यान गुमाएका हुन्।

पुरुषको शव व्यवस्थापनमा अवरोध भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको हो।

शव व्यवस्थापनमा अवरोध गर्नेलाई लक्षित गरेर प्रहरीले सुरुमा चार सेल अश्रुग्यास प्रहार गरेको थियो। तनाव बढ्दै गएपछि अहिले लाठीचार्ज गरेको हो। असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।

शुक्रबार राति १० बजे कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरेको छ। तर, १५ घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको छ। गत मंगलबार उनी कतारबाट पालुङ्टार आइपुगेका हुन्। उनी मधुमेह रोगी भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी गराएको थियो।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।