Friday, October 23, 2020

Friday, October 23, 2020
नेपाल सहयोग माग्दै: छोराको उपचारका लागि

सहयोग माग्दै: छोराको उपचारका लागि

Published:

On: Nepal

नीलकण्ठ नगरपालिका ८ माथिल्लो हटियाका हितनारायण श्रेष्ठ गाडी चलाउन सिकेर आफै स्वरोजगार भइसकेका हितनारायण श्रेष्ठ उमेरले भर्खर २१ वर्षका भएका बताए । उनी यतिबेला गाडी चलाएर घरखर्च चलाइरहेका हुन्थ्ये । २०७५ सालको नयाँ वर्ष हितनारायणको जीवनमा सधैंका लागि कालो दिन बन्न पुग्यो । उनी पोखराको डेरी कम्पनीमा गाडी चालकको काम गर्थे ।

वैशाख १ गते राती हितनारायण अबेर कोठा फर्किए । मुलढोकामा गेट लगाइएको र फोन गर्ने पैसा पनि मोबाइलमा नभएपछि उनी घरको छतबाट बरण्डामा झरेर कोठामा जाने योजना बनाए । तर बाहिरबाट छतमा उक्लिदै गर्दा तेस्रो तल्लाको बरण्डाबाट भूँइमा बजारिन पुगे ।

आफन्त र छरछिमेकीले तत्कालै गण्डकी अस्पताल पुर्‍याए। त्यहाँबाट मनिपाल अस्पताल रिफर गरियो । उनलाइ त्यहाँ ८ महिना राखेर उपचार गरियो । हितनारायणका बुवा पदम नारायणले भने, ‘तीन तला माथिबाट खसेर बजारिएपछि छोरोको कम्मर मुनीको भाग चल्दैन, अस्पतलाममा २÷३ पटक अप्रेसन गरियो, पैसा धेरै खर्च भयो तर छोराको अवस्थामा सुधार भएन ।’

लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा हितनाराणको ओच्छ्यानको बास भएको साढे २ वर्ष भयो । कम्मर मुनीका भाग सुक्दै गइरहेको छ । कम्मरमुनी चिमोटे पनि, कुटेपनि केही थाहा नहुने हितनारायण बताउँछन् । ‘कम्मरमुनी केही छैन जस्तो लाग्छ, ज्यान हल्लाउँदा कम्मरसम्म मात्रै थाहा पाउछु, ‘ हितनाराणले भने, ‘खाटमा यताबाट उता पल्टिन पनि सहारा चाहिन्छ ।’

हितनारायणको उपचारको लागि परिवारले सक्दो प्रयास गरे । उनको उपचारमा दाइ, दिदी भिनाजु र परिवारले गरेर २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसके तर उनको अवस्थामा सुधार आएको छैन ।

बुवा पदम नारायणले भने, ‘मेरुदण्ड भाँचिएको भएपनि ह्वील चियरमा यता उता त गर्न सक्थ्यो होला नी, यसरी दिशापिसाब नै एकै ठाउँमा हुनेगरी ओच्छ्यानकै बास हुन्न थियो होला, ज्यान सुक्दै जाँदैन थियो होला, मेरुदण्ड नै भाँचिएका अरु बिरामी पनि ह्वीलचियरमा बसेको देखिन्छ ।’

छोराको उपचारमा पाखो बारी बेचेर खर्च गरेको भएपनि ८ महिना अस्पतालमा उपचार गरेर राख्दा यो समस्या भएको भनेर डाक्टरले नभनेको पदमनारायणले बताए । छोरोका अवस्था बुझ्न वडादेखि जिल्लाका नेतासम्म घर आइपुगेको भएपनि कोही कसैले सहयोग नगरेको पदमनाराणले दुःखेसो पोखे ।

‘एक एक घण्टामा कोल्टे फेराइदिरहनुपर्छ, हितनाराणकी आमा गोमा कुमारीले रुँदै भनिन्, ‘छोरोको यो अवस्था भएपछि आफू मेलापात समेत गएकी छैनन् ।’ डाक्टरहरुले २ वर्षसम्म घरमै राखेर १÷१ घण्टामा कोल्टे फेराइदिरहनु पर्ने र २ वर्षपछि फेरी चेकजाँच गरेपछि मात्रै उपचार हुने-नहुने बताएको भएपनि खर्च अभावमा अहिले चेकजाँच गराउन समेत लान नसकिएको गोमा कुमारीले बताइन् ।

‘सास छउन्जेल आस हुँदो रहेछ, अब मरोस भनेर छाडिदिन पनि सकिँदो रहेनछ, गोमाकुमारी भावविह्वल हुँदै भनिन्, ‘आमाको मन किन मान्थ्यो र । रिसाए पनि, झर्को फर्को गरेर भएपनि घण्टा÷घण्टामा दिशापिसाव गराइरहेको छु । कोल्टे फेराइदिरहेको छु ।’

आम्दानी केही छैन, पाखोबारीमा खनिखोस्री गरेर जिविका चलाउने हामीलाई यो अवस्था आइलाग्यो, पदमनाराणले भने, ‘जेठो छोरोलाइ यसको उपचार गराउँदा लागेको ऋण को ब्याज तिर्दैमा ठिक्‍क छ, कमाउने अर्को छोरोको यो अवस्था छ, उपचार गरेरै ऋण लागिसक्यो, आम्दानी केही छैन, छर छिमेकी र आफन्तको सहयोगमा औषधि किनेर ख्वाइरहेका छौँ । कतिन्जेल मागेर खुवाउने हो, चिन्ता छ ।

दिनहुँ ड्रेसिङ गर्नुपर्छ । औषधि र मलम पट्टि गरेर महिनाको ७÷८ हजार खर्च भइरहेको बुवा पदमनाराणले बताए ।

हितनाराणको घुँडा र तिघ्रामा सधै एकै ठाउँमा सुतिरहँदा घाउ भइसकेको छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X