Saturday, December 5, 2020

Saturday, December 5, 2020
आर्थिक पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति

पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति

Published:

On: Nepal

गत चैत ११ गतेबाट सरकारले लागु गरेको कारोना महामारी न्यूनीकरणका लागि लकडाउन पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ |

पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना सरदर १० अर्बको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ।

पछिल्लो लकडाउन अवधि साउन ७ गतेसम्म पुग्दा थप ७ अर्ब नोक्सानी बढ्ने अनुमान गरिएको छ। कोरोना भाइरसका कारण पर्यटन गतिविधि ठप्प भएको करिब ४ महिनापछि पर्यटन मन्त्रालयले यस क्षेत्रको क्षतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै क्षतिको आंकलन गरेको हो।

यस तथ्यांकलाई आधार मानेर नै लकडाउन अवधिभर ४१ अर्ब बराबरको क्षति हुने अनुमान पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमिटीले उक्त प्रतिवेदन तयार गरेको होे। प्रतिवेदनअनुसार चैत ११ गतेदेखि अहिलेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको छ।

पर्यटन तथा हवाई क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलव्ध गराएको मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाबाट पुगेको क्षतिको राहतस्वरूप नेपाल सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याजदरमा कोषबाट ऋण दिने व्यवस्था भएको जानकारी गराइएको छ। यस्तै होटलका लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पु¥याएको छ।

उड्डयन क्षेत्रमा हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिस गरेको मन्त्रालयले बताएको छ। प्राधिकरण तथा नेपाल पर्यटन बोर्डलाई तिर्ने रकमको अवधि बढाइएको र सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिनाहा गरेको प्रतिवेदनमा उल्लेख छ।

लकडाउन अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको। बजेटबाट पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न २० करोडको बजेट व्यवस्था गरिएको छ। साथै होटल रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यवसाय सुचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको छ भने वायुसेवा कम्पनीले लकडाउनका कारण उडान हुन नसकी रद्द गरेका टिकटको रकम फिर्ता गरि दिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सहजीकरण गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकको हकमा तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्र पहिचान गरी ३० दिनका लागि करिब ४ हजार रोजगारी सिर्जना हुने गरी लकडाउन अवधि तथा सो पश्चात तत्कालै कार्यान्वयन सकिने कार्ययोजना निर्माण गरिएको बताइएको छ। मुलुकको पर्यटन क्षेत्रले करिब १० लाखको हाराहारीमा रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ।

लकडाउन अवधिमा मध्यपूर्व र युरोपका अतिरिक्त विभिन्न १७ मुलुकबाट मार्च २४ देखि ३० जुनसम्म नेपाल वायुसेवा निगम सहितका अन्य वायुसेवाका कुल २१४ उडानबाट १६,६६२ नेपालीलाई उद्दार गरी ल्याइएको र नेपालमा अलपत्र परेका विदेशीसहित १२,४०८ यात्रु विदेश प्रस्थान गरेका छन्।

विदेशबाट उद्दार गरी हवाई माध्यमबाट नेपाल ल्याइएका नेपाली नागरिकलाई स्वास्थ्यसम्बन्धी प्रोटोकल बमोजिम होटल व्यवसायीसँगको सहकार्यमा देशका विभिन्न स्थानका होटललाई क्वारन्टाइन स्थल राख्ने कार्यमा सहजीकरण गरिएको छ।

६१ पटक हेलिकप्टरबाट ६१ पटक फिक्स उङ जहाजबाट र ३०५ वटा कार्गो जहाज उडान गरी सेवा प्रवाह गरिएको छ।

यस अवधिमा भएका कुल २६१ अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमका ९८, हिमालय एअरलाइन्सका ६२, बुद्घ एअरका ४ र श्री एअरलाइन्स ६ गरी नेपाली वायुसेवाले १७० उडान गरेका छन्।

सम्बन्धित समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

“सिधा कुरा जनतासँग” बन्द हुँदै, रवि लामिछाने राजनितिमा ?

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको “‘सिधा कुरा जनतासँग’” कार्यक्रम बन्द हुने भएको छ। प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो।

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।