Connect with us

नेपाल

अब विद्यालयले नै लिन पाउने कक्षा ११ को वार्षिक परीक्षा

Published

on

शिक्षामन्त्रीको अध्यक्षमा रहेको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन तथा विकास परिषदले लकडाउनका कारण रोकिएको कक्षा ११ को वार्षिक परीक्षा यस पटक सम्बन्धित विद्यालयले नै लिन पाउने निर्णय गरेको छन्।

यसअघि कक्षा दशको अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि विद्यालयको मूल्यांकनका आधारमा हुने निर्णय मन्त्रिपरिषदले गरेको थियो। दुवै कक्षाका परीक्षा विगतमा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेर नतिजा पनि उसैले सार्वजनिक गर्दथ्यो।

यसपटक कोभिड १९ को संक्रमण त्रास कायमै रहेको र बोर्डबाट परीक्षा सञ्चालन गर्न असम्भव रहेकोले विद्यालयलाई नै जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। कक्षा ११ को परीक्षामा सहभागी हुन करिव पाँच लाखले परीक्षा फाराम भरेका थिए। बोर्डबाट तयार भएको कार्यविधिको आधारमा परीक्षालाई व्यवस्थित गरिने छ।

कक्षा १२ को परीक्षा भने अवस्था सहज भएपछि बोर्ड मार्फत नै सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले परीक्षा सञ्चालनको मोडालिटी, अंक दिने तरिका लगायतका विषयमा कार्यविधि बनाउने जिम्मा बोर्डलाइ दिएको छ।

कक्षा ११ को परीक्षा भने अवदेखि सधै विद्यालयबाट नै सञ्चालन गर्ने निर्णय परिषदले गरेको छ।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending