Friday, October 23, 2020

Friday, October 23, 2020
खेलकुद जर्मन कप उपाधि बायर्नले जित्यो

जर्मन कप उपाधि बायर्नले जित्यो

Published:

On: Nepal

२०७७ असार २१ गते | गएराति बर्लिनमा भएको फाइनलमा बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले र्मन कपको उपाधि पनि जितेको छ । बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म पुर्‍याएको छ ।

यस सिजन खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सर्जी जीनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफमा बायर्नलाई सोही अग्रतालाई कायम राख्यो ।

५९औं मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा लेभरकुजनका स्भेन बेन्डरले गोल गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरे । तर ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नले ४-१ को अग्रता बनायो । ९०औं मिनेटमा लेभरकुजनका काई हाभार्टले पेनाल्टीमा गोल फर्काए ।

दुई गोल गरेका लेवान्डोस्कीले यस सिजन ४४ खेलमा ५१ गोल गरिसकेका छन् ।

बायर्नको यो लगातार १७औं जित पनि हो । बायर्नले २०औं पटक जर्मन कप जितेको हो ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X