Thursday, October 22, 2020

Thursday, October 22, 2020
अपराध अनुमति नै नलिई आरडीटी परीक्षण विराटनगर निजी अस्पतालमा

अनुमति नै नलिई आरडीटी परीक्षण विराटनगर निजी अस्पतालमा

Published:

On: Nepal

२१ असार, विराटनगर । मोरङको विराटनगरमा एक निजी अस्पताल म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले अनुमति नै नलिई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गरेको पाइएको छ ।

प्रतिव्यक्ति २ हजारका दरले परीक्षण गरिए पनि समूहमा गएकालाई एक हजार पाँच सयका दरले परीक्षण गर्ने गरिएको छ ।

अस्पतालको आकस्मिक कक्षको लेटरप्याड प्रयोग गरी दिँदै आएको रिपोर्ट जाँचका लागि जनही २ हजार रुपैयाँ लिने गरिएको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले प्रदेशमा निजी स्तरका कुनै पनि ल्याबलाई कोरोना परीक्षणको अनुमति नदिएको बताए । प्रदेश १ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना जाँच हुँदै आएको उनले बताए ।

अस्पताल भन्छ : कर्मचारीले गल्ती गरे

म्याक्स इन्टरनेशनल अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले कोरोना जाँच गर्दा कर्मचारीले गल्ती गरेको बताए ।

‘१–२ जनाको आरडीटी परीक्षण गरेको रहेछ’ उनले भने ‘इमरजेन्सीको लेटरप्याड प्रयोग भएको छ, कर्मचारीले गल्ती गरे, हामीले सम्झाएपछि उनीहरुले स्वीकार गरेका छन् ।’ उनले आरडीटी परीक्षणका लागि सरकारसँग अनुमति माग गरेको बताए ।

सरकारी प्रयोगशाला प्रमुखको लगानी !

यो अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक जयवेन्द्र यादवको लगानी रहेको स्रोतको दावी छ । तर उनले यो आरोप अस्वीकार गरेका छन् ।

‘त्यो अस्पतालमा म विज्ञको रुपमा बेला बेला ल्याब हेर्दिन्छु, जनस्वास्थ्य प्रमुख हुँदा होइन, कोशी अस्पतालमा काम गर्दै गर्दा दुई वर्षअघि नै जोडिएको थिएँ’ उनले भने ‘भित्र के के हुन्छ सबै मलाई जानकारी हुँदैन । इमरजेन्सीबाट परीक्षण भएको रहेछ ।’

उनले सार्बजनिक रुपमा जवाफ दिन तयार रहेको बताए । जयबेन्द्र यादव एक वर्षयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत छन् । यसअघि उनी कोशी अस्पताल विराटनगरको ल्याब प्रमुख थिए ।

अस्पतालमा आफ्नो कुनै लगानी नरहेको उनले बताए । म्याक्स अस्पतालमा पनि उनको निजी ल्याब रहेको स्रोतको दावी छ । उनले कोशी अस्पताल अगाडि एडभान्स प्याथोलोजी ल्याब सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X