Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
आर्थिक मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबार पानी छोडिए

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबार पानी छोडिए

Published:

On: Nepal

२०७७ असार २१ गते | आइतबार काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दावी छ ।

आइतबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी छोडिएको छ । खानेपानी मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी भनेको छ ‘यसरी विभिन्न समस्या र चुनौतीहरु पार गर्दै काठमाडौंबासीको दुई दशकभन्दा लामो ब्यग्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको व्यहोरासमेत सार्वजनिक गर्दछौं ।’

सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सकिएको मेलम्ची खानेपानी विकास आयोजनाले जनाएको छ । अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिएको छ ।

‘यस अनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने प्राविधिक अनुमान छ । पूर्ण भरिएको सुरुङलाई करिब १० दिन यथास्थितिमा राखिनेछ र त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरिँदा पुन १५ –२० दिन लाग्न जानेछ ।’

सुरुङ खाली भएपछि सुरुङको अवस्थाको पूर्ण परीक्षण गर्न ७ दिन लाग्ने आयोजनाले जनाएको छ । त्यसबेला केही समस्या देखिएमा समाधान गर्ने र त्यसपछि नियमित रुपमा सुरुङमा पानी छाड्ने आयोजनाको भनाइ छ ।

यसरी सुरुङमा नियमित पानी छाड्न सरदर २ महिना लाग्ने देखिएको छ ।

इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।

तत्कालै आउँदैन काठमाडौंमा पानी

सरकारले भनेअनुसार असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले तत्कालै मेलम्चीको पानी पाउने अवस्था हुँदैन । मेलम्चीको पानी वितरण गर्न सहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकीमा पानी पुर्यापउन ठूला पाइपहरू जोडिएका छन् ।

आयोजनाको ट्याङ्की र वितरण पाइपलाइनको सफाइ एवं परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ ।

दोस्रो चरणको निर्माण कार्य सुरु गर्न आगामी वर्ष सरकारले आयोजनाको ५ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ ।

पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ । महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ ।

चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

८० प्रतिशत डेरीको व्यापार चौपट, अर्बौंको दुग्धजन्य सामग्री डम्प

कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ ।

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानी सम्भव

नेपालमा खानेपानी तथा सरसफाईको क्षेत्रमा निजी लगानी आकर्षित गर्न सकिने विज्ञहरुले बताएका छन् ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X