Monday, October 26, 2020

Monday, October 26, 2020
अपराध धम्की दिएर बालिकाको बलात्कार !

धम्की दिएर बालिकाको बलात्कार !

Published:

On: Nepal

२०७७ असार २१ गते | आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुसम्म पुगेका थिए ।

परिवारलाई हत्या गर्ने धम्की दिएर उनले पीडित बालिकाको करणी गरेको पीडित बालिकाको भनाइ छ ।

हाशाखा उपत्यकामा भएका जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय हो । ‘यो घटनामा स्थानीय प्रहरी कहाँ जान पीडित परिवारले अप्ठ्यारो मान्नु भएकाले हामीले अनुसन्धान गरेका हौं’, महाशाखा प्रमुख एसएसपी दिपक थापाले अनलाइनखबरसँग भने, ‘जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

थापाका अनुसार घटना संवेदनशील भएकाले महिला डीएसपीलाई खटाएर अनुसन्धान गरिएको थियो । शिवाकाटीले भने अभियोग स्वीकारेका छैनन् । उनले ‘बच्चालाई काखमा राखेर खेलाउनु सामान्य’ भएको दाबी गरेका छन् ।

‘बालिका डिप्रेसनमा’: थापाका अनुसार १४ वर्षीया बालिकालाई एक वर्षअघिदेखि यौन शोषण गर्दै आएको पाइएको छ । सोही कारण उनी डिप्रेसनको शिकार भएकी छिन् ।

पीडित बालिकाकी आमाका अनुसार उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, ग्राण्डीलगायतमा लगिए पनि समस्या समाधान भएको थिएन । तर कान्छी छोरीलाई पनि दुर्व्यवहार गर्न थालेपछि आफूले घटनाबारे थाहा पाएको उनी बताउँछिन् ।

‘तँलाई पनि मार्दिन्छु, बहिनीलाई पनि त्यस्तै गरिदिन्छु भनेको रहेछ’, पीडितकी आमा भन्छिन्, ‘छोरीले डरले भन्न सकिन, त्यही कारण ऊ भित्रभित्रै डिप्रेसनको शिकार भइसकिछे ।’

बिरामी भएर सुतेको अवस्थामा पनि शिवाकोटीले छोरीमाथि कुकृत्य गरेको उनको बुबाको भनाइ छ ।

पीडितका अनुसार आमा र बुबा बाहिर गएका बेला शिवाकोटीले यौन दुर्व्यवहार गर्ने गरेका थिए । अहिले पीडित बालिकालाई मनोसामाजिक परामर्शदातामार्फत काउन्सिलिङ गरिराखिएको बताइएको छ ।

आमालाई घटनाबारे बताएपछि पनि शिवाकोटीले प्रहरी प्रशासनसँग चिनजान भएको बताउँदै उल्टै धम्क्याएको बुबाको भनाइ छ ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।