Thursday, October 22, 2020

Thursday, October 22, 2020
आर्थिक २८ वर्षपछि काठमाडौंमा मेलम्चीको पानी: गरेर देखाए ओली सरकारले

२८ वर्षपछि काठमाडौंमा मेलम्चीको पानी: गरेर देखाए ओली सरकारले

Published:

On: Nepal

समितिले प्रथम चरणमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आ’पूर्ति गर्न अथक प्रयास गरिरहेको छ ।

नेपाल सरकारले लामो समयदेखि भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई विभिन्न प्रयास गर्दै आएका थियो | २८ वर्षपछि मेलम्ची प्रयास पूरा हुने देखिएको हो । २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सरकारले सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेका थियो |

उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि २०४१ मा भएको अध्ययनले मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो ।

त्यसपछि २०४९ को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्पका रूपमा मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेकोे थियो । सोहीअनुसार सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो ।

अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ ।

डिजाइन र पूर्वाधारहरू निर्माणका प्रारम्भिक कार्यहरू पश्चात् २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजल सम्म पानी प्रवाह गर्न करिब २७ दशमलव ५ किमि सुरुङ निर्माणको कार्य सुरु गरियो ।

सो निर्माणका क्रममा सन्तोषजनक प्रगति हुन नसकेका कारण चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र चाइना मेसिनरी इन्डस्ट्री गु्रप कर्पोरेसन इन्क जेभीसँग भएको निर्माण सम्झौता रद्द गर्नुपर्यो ।

त्यसपछि नियुक्त दोस्रो निर्माण व्यवसायी सिएमसी डि रेभेनाले सुरुङको ब्रेकथु्र गरेको भए तापनि २०७५ साल १० पुसदेखि एकतर्फी रूपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले निजसँगको ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न हुन ढिलाइ भएको हो ।

१५ महिनाभित्र सम्पन्न गर्ने गरी हेडवक्र्स निर्माणको कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको छ । आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ ।

हेडवक्र्सको निर्माण कार्य जारी रहेको अवस्थामा सो स्थलदेखि एक सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ ।

सुरुङको बाँकी काम एक वर्षभित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई चीनको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिसँग २०७६ साल १२ असोजमा सम्झौता गरेको थियो ।

उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

सम्बन्धित समाचार

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृ’त्यु, नमिठो मानेर नखाएका ३ जना बचे

नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X