Sunday, October 25, 2020

Sunday, October 25, 2020
आर्थिक गिरावट: चिया, अलैँची र अदुवाको निर्यातमा

गिरावट: चिया, अलैँची र अदुवाको निर्यातमा

Published:

On: Nepal

२०७७ असार २२ | नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि आम्दानीमा पनि कमी आएको देखिएको छ ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो । गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड छ लाख एक हजार ६७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा आठ करोड तीन लाख २५ हजार ७८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ (साउन–जेठ) भन्दा आर्थिक वर्ष २०७६/७७ (साउन–जेठ) मा चिया निर्यातमा उल्लेखनीय कमी आएको हो । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानीमा समेत ह्रास आएको देखिएको छ । प्रवद्र्धन केन्द्रका अनुसार गएको आव (साउन–जेठ)मा रु दुई अर्ब ८९ करोड ३५ हजार बराबरको चियाबाट आम्दानी भित्रिएकोमा यस आव (साउन–जेठ)मा रु दुई अर्ब छ करोड ५३ लाख ६८ हजार बराबर मात्र आम्दानी नेपाल भित्रिएको छ ।

यस्तै नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अर्को कृषिजन्य पदार्थ अलैँचीको समेत परिमाण र आम्दानी दुवैमा यस वर्ष गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

गएको आर्थिक वर्ष ०७५/०७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९८५ किलोको अलैँची विदेश निर्यात भएकोमा यस आर्थिक वर्षको जेठसम्ममा ४३ लाख नौ हजार ५०९ किलो मात्र निर्यात भएको पाइएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु चार अर्ब ३५ लाख ८७ हजार बराबरको अलैँचीबाट आय भएकोमा यस वर्षको जेठ मसान्तसम्ममा रु तीन अर्ब ४६ करोड दश करोड ४२ हजार बराबरको मात्र आम्दानी भएको देखिएको छ ।

यसैगरी नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको पाइएको छ ।

गएको आव २०७५/०७६ (साउन–जेठ)मा एक करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलोमा मात्र निर्यात भएको तथ्याङ्कले जनाएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु ४२ करोड २१ लाख ६७ हजार २०० बराबरको आय भए पनि यस आवको सोही अवधिमा रु ३६ करोड ५० लाख ८७ हजार बराबरको मात्र अदुवाबाट आम्दानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ ।

अदुवाको १३ दशमलव चार प्रतिशत गिरावट आएको वैदेशिक व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रले जनाएको छ ।चियाको आम्दानीमा २८ दशमलव पाँच प्रतिशत र शून्य दशमलव चार प्रतिशत हिस्सा रहेको र यस वर्ष १३ दशमलव छ प्रतिशतले आम्दानीमा गिरावट आएको छ

सम्बन्धित समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

ताजा समाचार