Thursday, October 29, 2020

Thursday, October 29, 2020
खेलकुद इन्टर पराजित: मार्टिनेजले पेनाल्टी चुकाउँदा

इन्टर पराजित: मार्टिनेजले पेनाल्टी चुकाउँदा

Published:

On: Nepal

२०७७ असार २२ | इन्टरलाई एक खेलाडी कम भएको फाइदा थियो । तर ६२औं मिनेटमा प्राप्त पेनाल्टीमा मार्टिनेजले गोल गर्न सकेनन् । उनको प्रहार बोलोग्नाका गोलकिपर लुकासले रोके ।

एक गोलको अग्रता अनि पेनाल्टी अवसर गुमाउँदा इटालियन सिरी एमा तेस्रो स्थानको इन्टर मिलान बोलोग्नासँग २-१ ले पराजित भएको छ । रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएपनि जोगाउन सके । लाउटारो मार्टिनेज पेनाल्टीमा गोल गर्न असफल रहे ।

घरेलु मैदानमा २२औं मेनटमा लुकाकुको गोलबाट इन्टरले अग्रता लिएको थियो । ५७औं मिनेटमा रोवर्टो सोरियानोले रेफ्रीलाई अपशब्द बोलेको भन्दै रातो कार्ड पाएका थिए ।

एक खेलाडी कम भए पनि ७४औं मिनेटमा मुसा जुवाराले बोलोग्नाका लागि बराबरी गोल पर्काए ।

७७औं मिनेटमा अलेसान्द्रो बास्तोनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि इन्टर पनि १० खेलाडीमा झर्‍यो। त्यसपछि बोलोग्नाले अर्को गोल थप्यो । ८०औँ मिनेटमा मुसा बारोले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए ।

हारपछि तेस्रो स्थानको इन्टरले दोस्रो स्थानको लाजियोसँष अंक दूरी घटाउने मौका गुमाएको छ । यस्तै चौथो स्थानको एटलान्टासँग अंक दूरी बढाउने अवसर गुमेको छ ।

३० खेलबाट ६४ अंकसहित इन्टर तेस्रोमा छ । समान खेलबाट ६८ अंकसहित लाजियो दोस्रो स्थानमा छ भने ६१ अंक जोडेको एटलान्टा चौथोमा छ । बोलोग्ना ४१ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।

सिरी एकै अर्को खेलमा छैटौं स्थानको नापोलीले पाँचौ स्थानको रोमालाई २-१ ले पराजित गरेको छ । जितपछि नापोलीले रोमा समान ४८ अंक जोडेको छ र पाँचौ स्थानमा रहेर अर्को सिजन सीधै युरोपा लिग खेल्ने सम्भावना कायम राखेको छ ।

सिरी एमा छैटौं हुनेले युरोपा लिगको लागि प्लेअफ खेल्नुपर्नेछ ।

यस्तै खेलमा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाए

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार