Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
अपराध प्रदेश ५: आरआईटी सक्रिय, २२ किलो चरेस र बाघको छालासहित ३ पक्राउ

प्रदेश ५: आरआईटी सक्रिय, २२ किलो चरेस र बाघको छालासहित ३ पक्राउ

Published:

On: Nepal

२०७७ असार २२ सोमबार | प्रदेश ५ बुटवलबाट प्रहरीको विशेष टोली (आरआईटी) को संक्रियतामा साढे २२ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । यस्तै बाँके राप्तीसोनारी गाउँपालिका १ बाट बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् ।

बुटवल उप-महानगरपालिका १२, हरियाटोलबाट धनबहादुर दमाईंको खाली घरमा लुकाएको अवस्थामा चरेस फेला परेको प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले बताए ।

प्रहरीले चरेससहित गुल्मको मदाने गाउँपालिका ७ का २९ वर्षीय मेघराज गिरी र पूर्वीरुकुम गाउँपालिका ८ का ३५ वर्षीय रतिभान दमाईंलाई पक्राउ गरेको छ ।

डीआईजी धानुकले पछिल्लो समय आफूले आरआईटी समूहलाई सक्रिय बनाएको बताए । आरआईटी डीआईजीकै निर्देशनमा प्रदेशभर परिचान हुने प्रहरीको टिम हो ।

उनका अनुसार आरआईटी र इप्रका कुसुमको सयुक्त टोलीले छालासहित मगरलाई पक्राउ गरेको हो ।

५ नम्बर प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदाबरले ४६ को नवराज घर्ती मगरलाई आफ्नै घरको मकै बारीमा लुकाई राखिइएको टाटेपाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको जानकारी दिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

सबैलाई सरकारले कोरोनाको खोप निःशुल्क लगाइदिने

सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।