Monday, October 26, 2020

Monday, October 26, 2020
अन्तर्राष्ट्रिय भारतलाई पत्र लेखे टिकटक सीईओले

भारतलाई पत्र लेखे टिकटक सीईओले

Published:

On: Nepal

२०७७ असार २२ | भारतको सुरक्षा तथा सार्वभौमिकताका विषयमा आफूहरु सचेत तथा संवेदनशील रहेको जनाएका छन् ।

रोयटर्सका अनुसार टिकटकका सीईओ केभिन माएरले भारत सरकारलाई एक पत्र लेख्दै भारतीय प्रयोगकर्ताहरुका डाटा रहेको जनाए |

भारतले प्रतिबन्ध लगाएसँगै चिनियाँ सोसल मिडिया एप टिकटकमाथि बेइजिङसँगको दुरी बढाउने दबाब परेको छ ।

चीन सरकारले टिकटक प्रयोगकर्ताका डाटाहरु उपलब्ध गराउन अहिलेसम्म कुनै पनि आग्रह नगरेको र यदि आग्रह गरिहालेमा पनि अस्वीकार गरिने उनले जनाएका छन् ।

‘हाम्रा प्रयोगकर्ताको गोपनियता तथा भारतको सुरक्षा र सार्वभौमिकता हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छन् । हामीले भारतमा हाम्रो डाटा सेन्टर बनाउने यसअघि नै घोषणा गरिसकेका छौँ ।’ उनले भने |

चीनसँगको सीमा विवादमा हिंश्रक झडप भएसँगै भारतले टिकटकसँगै वीच्याट तथा युसी ब्राउजरलगायतका विभिन्न ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

भारत सरकारलाई लेखेको पत्रमा टिकटकका सीईओले भनेका छन्, ‘मैले निश्चितरुपमा भन्न सक्दछु कि चीन सरकारले भारतीय टिकटक प्रयोगकर्ताका डाटाहरु उपलब्ध गराउन अहिलेसम्म कुनै पनि अनुरोध गरेको छैन ।

भारतीय प्रयोगकर्ताका डाटाहरु सिंगापुरमा रहेको सर्भरमा सुरक्षित छन् ।

यदि भविष्यमा प्रयोगकर्ताका डाटाहरु दिनका लागि चीन सरकारले आग्रह गर्यो भने पनि टिकटक कम्पनीले त्यस्तो अनुरोध स्वीकार गर्नेछैन ।’

स्मरणरहोस्, चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक चीन आफैमा भने चलाउन पाइँदैन । विश्वमा टिकटकको बढ्दो लोकप्रियतासँगै यसलाई चीनबाट बाहिर निस्किनका लागिसमेत दबाब परिरहेको छ ।

सन् २०१७ मा सुरु भएको टिकटक सबैभन्दा तीव्र गतिमा लोकप्रियता हासिल गर्ने एपहरु मध्ये एक हो ।

भारत सरकारलाई लेखेको पत्रमा टिकटकका सीईओले यस क्षेत्रमा एक अर्ब डलर लगानी गर्ने कम्पनीको योजना रहेको भन्दै अहिले पनि ३५ सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजागरी पाइरहेको र १४ वटा भाषामा उपलब्ध रहेको उल्लेख गरेका छन् ।

विश्वमा सबैभन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको देश भारत हो भने दोश्रो स्थानमा अमेरिका रहेको छ ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।