Sunday, October 25, 2020

Sunday, October 25, 2020
शिक्षा टोलटोलमा शिक्षक खटाइयो

टोलटोलमा शिक्षक खटाइयो

Published:

On: Nepal

असार २२, २०७७ | बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानमा रहेको जनता–धन माविले शिक्षक परिचालन गरेको छ ।

विद्यालयलाई सिकाइ केन्द्र कायम गरेर शिक्षकका पाँच वटा समूह बनाएर काममा लगाइएको हो । सेवा क्षेत्रभित्रका पाँच वटा टोलमा शिक्षकलाई पठाएर विद्यालयले पठनपाठनमा सहजीकरण गर्ने जनाएको छ ।

तत्काल शिक्षक टोलटोलमै पुग्नुबाहेक विकल्प नरहेकाले बारअनुसार टोलमा शिक्षक पुगेर विद्यार्थीलाई पठनपाठनमा आवश्यक सहयोग गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताउनुभयो ।

विद्यार्थीलाई शिक्षक टोलमा आउने विषयमा सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ ।

सम्बन्धित टोलको जिम्मेवारी पाएका शिक्षकले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थी भेटेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी बनाइ सहयोग गर्ने वातावरण मिलाइएको उनले बताए ।

विद्यालयको निर्णयानुसार कैया टोलमा आइतबार, सरंगीमा सोमबार शिक्षक पुग्ने छन् । मङ्गलबार शिक्षकको संयुक्त बैठक बसेर सातामा भएका गतिविधिका विषयमा समीक्षा गर्ने विद्यालयले जनाएको छ ।

बुधबार अर्माह, लाम्पाटा, बैदारटोल, धन्सार, ठूलोखोरलगायतका टोलमा शिक्षक पुग्ने छन् भने बिहीबार गार्लुङ र शुक्रबारका लागि नमूनागाउँ, केटीचौर टोल छुट्याइएको छ ।

टोलमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको समूह ठूलो वा सानो बनाएर पठाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सुवेदीले जानकारी दिए ।

शैक्षिक सामग्री पढ्न लगाउने र गृहकार्य दिनेलगायतका काम तोकिएको छ ।

सम्बन्धित समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

ताजा समाचार