Friday, October 23, 2020

Friday, October 23, 2020
नेपाल एमसीसीका बारेमा नेपालमा अनौठो राजनीतिक

एमसीसीका बारेमा नेपालमा अनौठो राजनीतिक

Published:

On: Nepal

असार २२, २०७७ | नेकपा भित्र बढेको विवादले स्वाभाविक रुपमा यसतर्फ सोच्न बाध्य तुल्याएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता एमसीसीमा उनीहरुको साझा दृष्टिकोणकै उपज भएको श्रेष्ठको भनाइ छ ।

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) का बारेमा नेपालमा अनौठो राजनीतिक ध्रुवीकरण भइरहेको छ । यस्तै ध्रुवीकरण २०५३ सालमा महाकाली सन्धि पारित गर्ने समयमा पनि देखिएको थियो । यतिमात्र होइन, तत्कालीन नेकपा एमालेभित्र देखिएकै शैलीमा अहिले सत्तारुढ दल नेकपामा विवाद चर्किरहेको छ । पार्टी विभाजन नै पो हुने हो कि भनेर कार्यकर्तापंक्ति झस्किएका छन् ।

अर्कोतिर महाकाली सन्धिकै समयमा जस्तो नेपाली काँग्रेसले एमसीसीको पक्षमा चर्को वकालत गर्दै आएको छ । त्यतिबेला एमाले विभाजन भएर पनि कांग्रेससँगको सहकार्यमा महाकाली सन्धि पारित गरेजस्तै अहिले एमसीसीलाई संसदबाट अनुमोदन गराउन २०५३ सालकै पुनरावृत्ति गराइने त होइन भनेर आशंका बढ्नु अनौठो होइन ।

वामपन्थी चिन्तक एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ महाकाली सन्धिका क्रममा नेकपा एमालेमा देखिएको विवाद र अहिले एमसीसीबारे बहस भइरहेको समयमा नेकपाभित्र देखिएको विवाद उस्तै प्रकृतिबाट जन्मिएको मान्छन् ।

‘त्यो बेला पनि आफ्नो दलभित्र विवादका बाबजुद पार्टी फुटाएरै एमालेले काँग्रेससँँग मिलेर महाकाली सन्धि पारित गरेको हो,’ उनले भने, ‘अहिले एमसीसीका सवालमा पनि नेकपाको एउटा पक्षले काँग्रेससँग सहकार्यका लागि गृहकार्य गरिरहेको समाचार प्रकाशमा आइरहेको छ ।’

यद्यपि नेकपाभित्र देखिएको विवाद एमसीसीकै कारणले मात्र हो भनेर भन्नु उचित नहुने उनले बताए । ‘एउटा कारण एमसीसी पनि हो, तर एमसीसीकै कारणमात्र पार्टीभित्र विवाद चर्किएको भन्ने होइन ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्षको दोहोरो भूमिका लिएका ओलीले एउटा भूमिका छाड्नेबित्तिकै नेकपाभित्रको विवाद अन्त्य हुने उनी बताउँछन् । ‘तर उहाँले दुवै भूमिका छाड्न नचाहेको देखियो, त्यसैले पार्टीभित्र उहाँकाविरुद्ध अरु नेताहरु एकजुट भएको देखिन्छ,’ उनले भने ।

राजनीतिक विश्लेषक हरि रोका पनि महाकाली सन्धिको पूर्वसन्ध्यामा देखिएका परिदृष्य र अहिलेका परिदृष्यमा समानता देख्छन् । राजनीतिक नेतृत्वको प्रवृत्ति, कार्यशैली र दलभित्र देखिएका असन्तुष्टिहरु पनि त्यतिबेला र अहिले लगभग मेल खाने उनको बुझाइ छ ।

त्यतिबेला नेपाललाई भन्दा पनि भारतलाई महाकाली सन्धि जरुरी बनेको उल्लेख गर्दै उनले भने, ‘अहिले एमसीसी पनि नेपालका लागि भन्दा पनि अमेरिका र भारतका लागि जरुरी रहेको देखिन्छ ।’

एमसीसी अन्तर्गतको परियोजना नेपालले आफै पनि सञ्चालन गर्न सक्ने, त्यसका लागि अनेक आशंकाका बीच अमेरिकासँगै सहकार्य गरिरहन नपर्ने उनको जिकिर छ । ‘कोरोना महामारी नभइदिएको भए अहिले १८÷१९ खर्बको बजेट आएको हुन्थ्यो,’ उनले भने, ‘त्यत्रो बजेट ल्याउन सक्ने सरकारका लागि ५५ अर्ब रुपैयाँ कुन ठूलो कुरा हो र ?’

एमसीसी के हो भन्नेबारे धेरै विवाद गरिरहनुपर्ने अवस्था नरहेको उनले बताए । ‘एमसीसी के हो भन्ने प्रष्ट भइसकेको छ,’ उनले भने, ‘बरु परराष्ट्रमन्त्रीस्तरमा के–के सम्झौता भयो भन्नेमात्र प्रष्ट हुन बाँकी छ ।’

महाकाली सन्धिका सवालमा तत्कालीन नेकपा एमालेभित्र विवाद चुलिएपछि केपी शर्मा ओलीकै अध्यक्षतामा आयोग गठन गरिएको र उक्त आयोगले महाकाली नदीको ‘स्टाटस’ सहितको प्रतिवेदन दिनुपर्नेमा ‘महाकाली सन्धि गर्नैपर्ने’ भनेर एकोहोरो सुझाव दिएको उनी सम्झन्छन् ।

त्यतिबेला महाकाली नदीको अवस्था के हो, मुहान कता हो भन्नेतिर विस्तृत अध्ययन र समझदारी गर्नतिर नलागेर ‘जसरी भए पनि महाकाली सन्धि पारित गर्नैपर्छ’ भनेर एकसूत्रीय अभियान चलाइएको, अहिले पनि एमसीसीका बारेमा उठेका अनेक आशंका मेट्नतिर नलागेर ‘जसरी पनि एमसीसी पारित गर्नैपर्ने’ एकसूत्रीय अभियानमा एउटा पक्ष लागेको उनी बताउँछन् ।

महाकाली सन्धि पारित गर्न आवश्यक दुई तिहाई मत तत्कालीन एमालेको समर्थनबिना सम्भव नरहेको त्यो परिस्थितिमा नेपाली कांग्रेस र तत्कालीन एमालेको एउटा पक्षले समर्थन गरेपछि सम्भव भएको थियो ।

विश्लेषक रोका त्यसलाई ‘कृत्रिम बहुमत’ को संज्ञा दिन्छन् । रोकाका अनुसार अहिले एमसीसीका सवालमा पनि सत्तारुढ नेकपाभित्र चर्को विवाद देखिए पनि नेकपाकै एउटा पक्ष र नेपाली काँग्रेसबीच कुनै न कुनै रुपमा सहकार्यको सम्भावना खोजी भइरहेको छ ।

र, सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त भने महाकाली सन्धिकै पूर्वसन्ध्याको अवस्थासँग जोडेर नेकपाभित्रको अहिलेको विवादलाई हेर्न नमिल्ने तर्क गर्छन् ।

सम्बन्धित समाचार

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृ’त्यु, नमिठो मानेर नखाएका ३ जना बचे

नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X