Friday, October 23, 2020

Friday, October 23, 2020
खेलकुद युभेन्ट्स : उपाधि अभियानमा

युभेन्ट्स : उपाधि अभियानमा

Published:

On: Nepal

घरेलु मैदानमा सानदार जित निकाल्न युभेन्ट्सका पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले ४-१ गोलले हराए। शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई हराए पछी साविक विजेता युभेन्ट्स इटालियन सिरिए फुटबलको उपाधि रक्षातर्फ लम्किएको छ।

युभेन्ट्सले खेलको दोस्रो मिनेटमै खाता खोलेको थियो। पाउलो डिबालाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए। उनले जेआन क्वाडराडोको पासमा गोल गरेका थिए। त्यसपछि २९औं मिनेटमा क्वाडराडोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए। उनले क्रिस्टियानो रोनाल्डोको पासमा उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा टोरिनोले पेनाल्टीमार्फत गोल फर्कायो। डिबक्सभित्र युभेन्ट्सका म्याथिज डी लिग्टले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई आन्द्रेयले सदुपयोग गरेका थिए। तर, दोस्रो हाफमा युभेन्ट्सले थप आक्रामक प्रदर्शन गरेको थियो।

६१औं मिनेटमा रोनाल्डोले करिब २५ यार्ड टाढाबाट फ्रिकिकमा सोझै गोल गरेका थिए। युभेन्ट्समा रोनाल्डोको यो पहिलो फ्रिकिक गोल पनि हो।

उनले यससँगै सिरिएमा ६० वर्षको कीर्तिमानसमेत भंग गरेका छन्। उनले जारी सिजन सर्वाधिक २५ गोल गर्दै यसअघि सन् १९६० मा ओमार सिभोरीले बनाएको कीर्तिमान तोडेका हुन्। उच्च लयमा रहेका रोनाल्डोले सिरिएमा यस सिजनमा २६ खेल खेलेका छन्।

यस जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सको ३० खेलबाट ७५ अंक पुगेको छ। युभेन्ट्स दोस्रो स्थानमा रहेको लाजियोभन्दा सात अंकले अगाडि छ। ३१ अंक बनाएको टोरिनो १५औं स्थानमा छ।

शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको लाजियो एसी मिलानसँग ३-० गोलले पराजित भएपछि युभेन्ट्सलाई थप फाइदा पुगेको छ। हारले लाजियोको उपाधि होड कमजोर बनेको छ। लाजियोलाई उसैको मैदानमा हार चखाउन मिलानका लागि हकान चाल्हानोग्लुले २३औं मिनेटमा खाता खोले।

भेट्रान ज्लाटन इब्राहिमोभिचले ३४औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे। एन्टे रेविकले ५९औं मिनेटमा गोल गर्दै मिलानलाई सजिलै जिताए। खेलभर मिलानको दबाब झेलेको लाजियोको गोल फर्काउने प्रयास सफल बन्न सकेन। हारे पनि दोस्रो स्थानमा रहेको लाजियोको ६८ अंक छ। लाजियोलाई हराएको मिलान ४६ अंकसहित छैटौं स्थानमा छ। शनिबार राति नै भएको अर्को खेलमा ससौलोले लिसेलाई ४-२ गोलले स्तब्ध बनाएको छ।

दोस्रो हाफमा सशक्त प्रदर्शन गरेको युभेन्ट्सले ८७औं मिनेटमा आत्मघाती गोल उपहार पायो। बल बचाउने क्रममा टोरिनोका कोफी जीजीको प्रहार आफ्नै पोस्ट्मा छिरेपछि युभेन्ट्सले फराकिलो जित निकाल्यो।

युभेन्ट्सले अर्को गोल टोरिनोबाट उपहार पाएको थियो। टोरिनोका आन्द्रेय बेलोट्टीले सान्त्वना गोल गरेका थिए।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X