Monday, September 28, 2020

Monday, September 28, 2020
नेपाल 'इनफ इज इनफ'का अभियन्ताले १२ औं दिनमा अनसन तोडे

‘इनफ इज इनफ’का अभियन्ताले १२ औं दिनमा अनसन तोडे

Published:

On: Nepal

१२ औं दिनमा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका ‘इनअफ इज इनफ’का अभियान्ताले अनसनरत दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएपछि उनीहरुले मंगलबारबाट अनसन तोडेका तोडेका छन्।

कोरोना नियन्त्रणमा सरकारले हेलचक्राइ गरेको भन्दै उनीहरु असार १२ गतेदेखि सरकारविरुद्ध अनिश्चितकालिन अनसनमा बसेका थिए र उनीहरुले सरकारसँग भएको सहमति कार्यान्वयन नभए फेरी अनसन बस्ने बताएका छन्।

क्वारेन्टीन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउनेलगायतका सहमती भएको छ । यस्तै सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

पीसीआर बढाउनुपर्ने, क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने,अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा,लकडाउन खुकुलो बनाउने प्रावधान,सर्वोच्च अदालतका निर्यण कार्यान्वयन लगायतका माग राख्दै इनअफ इज इनफका दुई अभियन्ता अनसन बसेका थिए ।

उनीहरुको स्वास्थ्य बिग्रिँदै गएपछि केही दिन काठमाडौंको ह्याम्स अस्पालमा भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए ।

उनीहरुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका थिए।

सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीले हस्ताक्षर भएको छ। दुवै पक्षबीच विदेशबाट आएकालाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टाइनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएको छ।

सम्बन्धित समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

ताजा समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।
X