Friday, October 23, 2020

Friday, October 23, 2020
अन्तर्राष्ट्रिय अमेरिकाले पनि लगायो प्रतिबन्ध टिकटकसहित चिनियाँ एप्समाथि

अमेरिकाले पनि लगायो प्रतिबन्ध टिकटकसहित चिनियाँ एप्समाथि

Published:

On: Nepal

चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।

पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै यस्तो बताएका हुन् । अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए ।

टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो । त्यसको एक सातामै अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

विश्वभर अत्याधिक लोकप्रिय बनेको टिकटक चिनियाँ कम्पनी बाइट डान्सको उत्पादन हो ।

चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको थिए । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् ।

लद्दाख झडपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X