Thursday, October 29, 2020

Thursday, October 29, 2020
खेलकुद आज इंग्ल्याण्ड र वेष्टइन्डिजबीच पहिलो टेष्ट : चार महिनापछि पहिलो पटक सुरु हुँदैछ क्रिकेट

आज इंग्ल्याण्ड र वेष्टइन्डिजबीच पहिलो टेष्ट : चार महिनापछि पहिलो पटक सुरु हुँदैछ क्रिकेट

Published:

On: Nepal

२०७७ असार २४ गते | चार महिनापछि विश्वभर फैलिएको कोरोना महामारीले गर्दा रोकिएको क्रिकेट आजबाट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फर्कन लागेको र खेल आज बाट फेरी सुरु हुने हुँदैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । तीन खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेल आज इंग्ल्याण्डको साउदह्याम्पटनस्थित एजेज बलमा हुनेछ ।

इंग्ल्याण्ड बेन स्टोक्स र वेष्ट इन्डज ज्यासन होल्डरको कप्तानीमा मैदान उत्रदैछ । आइसीसीको विश्व टेष्ट वरियतामा होल्डर नम्बर वान अलराउण्डर हुन् भने स्टोक्स दोस्रो स्थानमा छन् । नियमित कप्तान जो रुट पारिवारिक कारण पहिलो टेष्टमा अनुपस्थित भएपछि अलराउण्डर स्टोक्सले इंग्ल्याण्डको टेष्ट टिमको नेतृत्व गर्न लागेका हुन् ।

कोरोना महामारीकै समयमा हुन थालेको यो खेल क्लोज डोरमा हुनेछ । जहाँ छक्का चौका प्रहार हुँदा विकेट लिँदा मैदानमा समर्थन गर्ने दर्शक भने हुने छैनन् । यस्तै क्रिकेट खेलमा प्रयोग हुने बलमा थुक लगाउन पाइने छैन । यसअघि बललाई थुकले चम्काउने गरिएकोमा अब त्यसो गर्न नपाउने गरी आइसीसीले अन्तरिम नियम बनाएको छ ।

आइसीसीका प्रमुख कार्यकारी मानु सावनेले यसको स्वागत गरेका छन् र यसका लागि इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले गरेको प्रयासलाई धन्यवाद दिएका छन् ।

फरक परिस्थितीमा हुन लागेको यस खेलका लागि सबैखाले प्रोटोकलहरु फलो गरिनेछ ।

लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट हुन थालेकोमा दुवै टोली उत्साहित छन् । यसका लागि दुवै टोलीले एक महिनाभन्दा बढी प्रशिक्षण समेत गरिसकेका छन् । यस्तै आन्तरिक टिम बनाएर अभ्यास खेलसमेत खेलेका थिए ।

सम्बन्धित समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।