Monday, October 26, 2020

Monday, October 26, 2020
आर्थिक नेपालमा इन्टरनेटको मूल्य समायोजन हुन सकेन

नेपालमा इन्टरनेटको मूल्य समायोजन हुन सकेन

Published:

On: Nepal

नेपालमा इन्टरनेटको मूल्य समायोजन हुन सकेको छैन। अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्य भारी मात्रामा सस्तिए | पहिले ३० अमेरिकी डलर पर्ने प्रतिमेगाबिट प्रतिमहिनाको इन्टरनेटको भाउ अहिले ६ डलरमा झरे पनि नेपालमा मूल्य समायोजन हुन नसकेको पाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलबार आयोजना गरेको डिजिटल सम्मेलनमा निर्देशक रोयले यस्तो बताएका हुन्। नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीतजंग थिङले भने एक एमबीपीएस इन्टरनेट ५–६ डलरमा किनेर नेपालमा २५ एमबीपीएसलाई एक हजारदेखि १५ सय रुपैयाँमा बेचिएको सुनाए। उनले अझै पनि नेपाली इन्टरनेट सस्तो रहेको बताए।

नेपाली इन्टरनेट सेवाप्रदायकले ब्यान्डविथको बाँडफाँट (सेयरिङ) गरेर चलाएकाले सस्तोमा इन्टरनेट पाइएको बताए। ‘हामीले २५ एमबीपीएस इन्टरनेट ८ जनाका लागि भनेर दिने हो। त्यसमा हरेकले औसत ३ एमबीपीएस पाउँछन््’, उनले भने, ‘तर, एकैपटक सबैले समान स्तरमा इन्टरनेट प्रयोग नगर्ने भएकाले एउटा प्रयोगकर्ताले १०–१२ एमबीपीएस उपभोग गरिरहेको हुन्छ।’ ग्राहकले २५ एमबीपीएस भनेर लिएको इन्टरनेट सेवामा भनेजति नै ब्यान्डविथ प्राप्त गर्न नसक्ने उनले बताए।

इन्टरनेट सेवाप्रदायकले पहिले नै ब्यान्डविथ बाँडेर पठाउने र उपभोक्ताले घरमा प्रयोग गर्दा पनि धेरै डिभाइसमा राउटरले बाँडेरै पठाउने हुँदा दुईपटक सेयरिङ हुने अध्यक्ष थिङले बताए। ‘यसरी इन्टरनेटको वितरण नगर्ने हो भने हामीले यति सस्तो मूल्यमा बेच्नै सक्दैनौं’, उनले भने। तर, पहिले ३० डलरमा किनेर कसरी बेचिएको थियो भनेर उनले प्रस्ट्याएनन्।

इन्टरनेट सेवाप्रदायकले अहिले ८० प्रतिशत हाराहारी गुनासो वाइफाइको गुणस्तरसँग सम्बन्धित रहेको बताए। बाँडेर उपभोग गर्ने (नेटवर्क सेयरिङ)का कारण इन्टरनेटको गति सुस्त हुने, सिग्नलमै अवरोध हुनेजस्ता समस्या बोकेर ग्राहकले गुनासो गर्ने गरेको उनीहरूले बताए।

तर, अहिले उपभोक्ताको राउटरमा कति ब्यान्डविथ आइरहेको छ भनेर हेर्न सक्ने प्रणालीको विकास नभएकाले त्यस्तो समस्या समाधान गर्न कठिनाइ भएको अध्यक्ष थिङले जानकारी दिए। दूरसञ्चार प्राधिकरणले लाइभ अनुगमन गर्नसक्ने प्रणाली तयार पार्न भने पनि सेवाप्रदायकले महँगो लागत पर्ने भन्दै त्यसो गरेका छैनन्। ‘हरेक ५ मिनेटको ट्राफिक जाँच गर्न निकै ठूलो लागत लाग्ने भएकाले अहिले नै त्यसो गर्न सकिएको छैन। तर, त्यसको प्राविधिक पाटोमा काम भइरहेको छ’, थिङले भने।

लकडाउनले बढायो खपत

सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको बन्दाबन्दी (लकडाउन)का कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ। सेवाप्रदायकले अहिले मुलुकभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र बाह्य खपत २५ प्रतिशत बढेको बताए। अहिले नेपालमा २ हजार १ सय गिगाबिट प्रतिसेकेन्ड इन्टरनेट खपत हुने गरेको अध्यक्ष थिङले जानकारी दिए।

सामान्य अवस्थामा वार्षिक इन्टरनेट खपत २३ प्रतिशतको बढ्ने गरेको थियो। लकडाउनले छोटो समयमै उच्च वृद्घि हासिल गर्न सघाउ पुर्‍याएको छ। लकडाउनको समयमा नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाउनेको संख्या बढेको देखिएको छ। लुडोजस्ता मोबाइल गेमिङमा पनि इन्टरनेटको खपत दोब्बर बढेको छ। यसबीच गुगल, फेसबुक र अमेजनमा पनि इन्टरनेटको प्रयोग उच्च दरले बढेको तथ्यांक छ। जसले अध्ययन र इ–कमर्सको बजार पनि फस्टाएको देखाउँछ।

प्राधिकरणका निर्देशक रोयका अनुसार साँझ ८–१० बजेको समयमा अहिले पनि इन्टरनेटको खपत उच्च विन्दुमा पुग्छ। तर, लकडाउन सुरु भएपछि दिनभर नै इन्टरनेटको उच्च खपत हुने गरेको देखिएको छ। उनले लकडाउनले नेपालमा इन्टरनेटको माग र महत्व दुबै बढाएको बताए।

प्राधिकरण निर्देशक रोयले मुलुकको जनसंख्याको १२६.७० प्रतिशतमा मोबाइलको पहुँच पुगेको र इन्टरनेटको पहुँच ७२.२२ प्रतिशत जनताको पहुँचमा पुगेको बताए। त्यसमा पनि मोबाइल ब्रोडब्यान्डको पहुँच ५६.१४ प्रतिशत र फिक्स्ड ब्रोडब्यान्डको पहुँच करिब १८ प्रतिशतमा मात्रै पुगेको जानकारी दिए।

प्रयोगकर्ताको संख्याको आधारमा मोबाइलमा इन्टरनेट चलाउने बढी भए पनि ताररहित इन्टरनेट प्रयोगकर्ताले कुल खपतको ११ प्रतिशतमात्रै उपभोग गरिरहेका छन्। तारमार्फत जोडिने फिक्स्ड इन्टरनेट (वाइफाइ) मा भने ८९ प्रतिशत ब्यान्डविथ खपत हुने गरेको अध्यक्ष थिङले जानकारी दिए।

अध्यक्ष थिङले नेपालमा इन्टरनेटको ब्यान्डविथ भित्र्याउने मूलबाटो भैरहवा नाका भएको बताए। त्यसपछि वीरगञ्जबाट पनि धेरै ब्यान्डविथ आयात हुने उनले जानकारी दिए। त्यसपछि ढल्केबर, दुहबी र टनकपुरबाट पनि इन्टरनेट आयात हुन्छ।

रसुवागढी नाका भएर ब्यान्डविथ किन्ने चीनसँग सम्झौता भए पनि त्यहाँबाट खासै ठूलोमात्रामा ब्यान्डविथ आयात हुन नसकेको उनले बताए।

रसुवागढी नाकाबाट इन्टरनेट ल्याउँदा हिमाली बाटो भएकाले प्राकृतिक प्रकोपको जोखिम बढी भएको थिङले जानकारी दिए।

‘हिमपहिरो र हिमपातले पनि बेलाबेला फाइबरमा समस्या आउने हुन्छ,’ उनले भने, ‘सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पनि ल्याउने गरी पूर्वाधार निर्माणको काम हुँदै छ। त्यो नाका खुलेपछि चाहीँ चीनसँगको कारोबार बढ्नसक्छ।’ एउटा नाकामा समस्या हुँदा अर्को नाकाबाट ब्यान्डवीथ ल्याउन सक्ने सुविधा भएमा चिनियाँ ब्यान्डविथ आयात गर्न इन्टरनेट सेवाप्रदायक तयार हुनसक्ने उनले बताए। यद्यपि, भारतको तुलनामा चिनियाँ इन्टरनेट महँगो पर्ने भएकाले पनि नेपाली सेवाप्रदायक आकर्षित हुन नसकेको उनले बताए।

बाह्य बजारमा यसरी सस्तिएको इन्टरनेट ब्यान्डविथको लाभ नेपाली उपभोक्ताले भने पाउन सकेका छैनन्।

रोयले अन्तर्राष्ट्रिय बजारमा घटेको भाउअनुसार नेपाली बजारमा पनि मूल्य समायोजनबारे आफूहरूले छलफल गर्ने बताए।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..