Connect with us

रोचक

कस्तो हुन्छ त बुधबार र आइतवार जन्मेका मानिसको भाग्य र स्वभाव ?

Published

on

को मान्छे कुन बार र कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ ।

यस्ता छन् बुधबार जन्मेका मान्छेहरुको स्वभावः

बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी, सफा र स्वच्छ विचारधाराका मालिक तथा विजनेश माइन्डका हुने गर्दछन् ।नयाँ–नयाँ कुराहरु जान्न निकै मनगर्ने भएकोले आफ्नो काम निकै वस्थित तरिकाले गर्न चाहन्छन् ।

राम्रो कुरा गर्ने तरिका र सकारात्मक सोचसँगै जीवनमा धेरै अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।उनीहरु खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।

धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसके पछि उठेको रिसलाई शान्त पर्न निकै समय लाग्ने गर्दछ ।

कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुको जीवन निकै सन्तुष्ट हुन्छ । कसैलाई पनि सजिलै माफी दिँदैनन् ।

कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि उनीहरुलाई प्रभावित तुल्याउन सक्दैनन्उनीहरुको वैवाहिक जीवन निकै सुखी हुन्छ र उनीहरुले आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।

यस्ता छन् आइतबार जन्मेका मान्छेहरुको स्वभावः

साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।

यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।

अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।

ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।

अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending