Thursday, October 29, 2020

Thursday, October 29, 2020
आर्थिक उच्च जोखम: बैतडीका ८ स्थानीय तहमा पहिरो

उच्च जोखम: बैतडीका ८ स्थानीय तहमा पहिरो

Published:

On: Nepal

प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि आठवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेका बताए । पहिरोको उच्च जोखिममा बैतडीका ८ वटा स्थानीय तह रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन् ।

अहिलेसम्म पहिरोले पुर्‍याएो क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए ।

उनले भने, ‘ ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा छन् । सुर्नया र पाटन पनि जोखिममा छन् । तर अन्य ठाउँको तुलनामा ती दुई स्थानीय तहमा पहिरोको जोखिम कम छ ।’ जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर,गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत लगायतका ठाउँ पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् ।

‘हामी वर्षौंदेखि पहिरोको मारमा परिरहेका छौं । पहिरोले बर्षेनि घरखेत बगाउँदै आएको छ । पहिरो रोकथामका लागि पनि त्यस्तो खासै योजना छैन्, दोगडाकेदार ६ डोलका लोकराज जोशीले भने, ‘बर्षातको समयमा कतिखेर घर बग्छ भन्ने चिन्ताले सताउँछ ।राम्रोसँग निदाउन पाइएको छैन् ।’

यस्तै जिल्लाको पुरचौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए ।

स्थानीय तहमा योजना अभाव:

प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुनुपर्ने भएपनि जिल्लाका ४वटा स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन् ।

जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । उनीहरुले कार्यविधि बनाएर काम गरिरहेका छन् ।

स्थानीय तहसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए । स्थानीय सरकारसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा राहत,उद्धार तथा अन्य कार्यहरु परिचालन गर्न समस्या हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

उनले भने, ‘हामीले पनि विपद् व्यवस्थापन योजना नबनाएका तहसँग योजना बनाउन भनेका छौं । योजनाअनुसार काम गरेमा विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।हामी उद्धारका १२ प्रकारका सामग्री किन्न पनि स्थानीय तहहरुलाई भनिसकेका छौं ।’

जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भएपनि नगरसभाबाट पारित भनेगर्न सकेको छैन् । चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार