Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
आर्थिक अत्यधिक वर्षापछि सिन्धुपाल्चोकमा बाढी

अत्यधिक वर्षापछि सिन्धुपाल्चोकमा बाढी

Published:

On: Nepal

अत्यधिक वर्षापछि सिन्धुपाल्चोकमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे-५ मा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको टोली घाइतेलाई उद्धारका लागि कैलाश एयरको हेलिकप्टर लिएर घट्नास्थल गएका हुन्।

बाढीका कारण २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्‍याएको छ ।

स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका– ५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।सापकोटाका अनुसार हेलिकोप्टरबाट गम्भीर घाइते सविना बस्नेतलाई उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ।

जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका- ५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका -५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे-५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।

अर्का घाइते सिंहबहादुर वाइवालाई पनि हेलिकोप्टरबाटै काठमाडौं ल्याउने तयारी भइरहेको छ। हेलिकोप्टरमा घाइतेलाई सुताएर राख्न पर्ने भएकाले एक पटकमा एक जनालाई भन्दा बढी लैजान नसकिएको सापकोटा अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।

बाह्रबिसे नगरपालिका– ५ जम्बुका भीमबहादुर वाइबा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ । त्यस्तै मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएका डीएसपी काफ्लेले जानकारी दिए ।

भोटेकोशी गाउँपालिका– ५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातीनीहरु ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी पनि घाइते भएकी छन् । त्यहाँ एउटा डोजर र एउटा जिपमा क्षति भएको छ ।

त्यस्तै खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ । त्यहाँ १०÷११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ ।

भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले ठाउँ ठाउँमा सडक कटान गरेको छ । बाढीले ल्याएको माटोका थुप्रिएका कारण कारण अरनिको राजमार्ग अवरुद्ध भएको डीएसपी काफ्लेले जानकारी दिए ।
त्यस्तै बाह्रबिसे नगरपालिका–८ जुरे नजिक भोटेकोशी नदीले १०० मिटर सडक कटान गरेको छ ।सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ ।

बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । दुई जना गम्भीर घाइते छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्‍याएको छ । बाह्रबिसे नगरपालिका– ३ खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध भएको छ ।

मंगलटारमा करिब २ घण्टा बसेपछि घाइतेलाई उद्धारका लागि हेलिकोप्टर बाह्रबिसे पुगेको थियो।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।