Thursday, October 29, 2020

Thursday, October 29, 2020
राजनीति भारतले पठायो कुटनीतिक नोट

भारतले पठायो कुटनीतिक नोट

Published:

On: Nepal

लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर गत जेठ ५ गते नेपाल सरकारले भारत वार्ताका लागि तयार नदेखिएको भन्दैनयाँ नक्सा जारी गरेको हो ।

भारतीय मिडियाले नेपालबारे भ्रामक समाचार सम्प्रेषण गरिरेका बेला राजदूत आचार्य मौन रहँदा धेरैले सामाजिक सञ्जलमा उनको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरिरहँदा जवाफको रुपमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको खुलासा भएको छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नेपालले नयाँ नक्सा जारी गरेकोमा आपत्ति जनाएको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले यसबारे बोलेका हुन् । असार १० गते नै भारत सरकारले कुटनीतिक नोट पठाएको नेता विडारीले जानकारी दिनु भयो । परराष्ट्र मन्त्रालयले भने यसबारे सूचना सार्वजनिक गरेको छैन ।

भारतको धार्चुलाबाट लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाउँदै विज्ञप्ति भारतका रक्षामन्त्री राजनाथ सिंहले निकालेको थियो ।

नेपाल र भारत सरकारबीच वार्ताको वातावरण बन्न नसकेपछि पछिल्लो समय दुई देशबीच सम्बन्ध चिसिँदै गएको छ ।

नेपालको संसदले संविधान संशोधन गर्दै नयाँ नक्सा जारी गरेपछि भारतीय अधिकारीहरुले यसमा विरोध जनाएका थिए । केही नेताहरुले भने नेपाल रुष्ट बनेकोमा सहमतिबाट समाधान खोज्नुपर्ने तर्क गरेका थिए |

तेसेगरी भारतका लागि नेपाली राजदूतको जवाफ:

ट्वीटरमार्फत आचार्यले ‘बोल्नुपर्ने बोलिरहेको र भन्नुपर्ने ठाउँमा भनिरहेको’ भन्दै स्पष्टिकरण दिएका छन् । भारतीय मिडिया र केही नेताको अभिव्यक्तिबारे नेपाली राजदूतले केही एक्सन लिन नसकेको भन्दै आचार्य पछिल्ला दिनमा आलोचिन बन्दैआएका छन् ।

आचार्यले ट्वीटरमा लेखेका छन्, बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।’ आचार्यले ट्वीटमा सन्दर्भ नजोडे पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिएको रुपमा बुझिएको छ ।

सीमा विवाद लगायत विभिन्न राजनीतिक मुद्दामा नेपाल र भारतबीच सम्बन्ध चिसिरहँदा लामो समयपछि राजदूत आचार्यले आफ्नो बचाउ गर्दै प्रतिक्रिया दिएका हुन् ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बोल्नुपर्ने ठाउँमा आफू बोलिरहेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।