Thursday, October 29, 2020

Thursday, October 29, 2020
आर्थिक तत्काल सार्वजनिक यातायात सञ्चालन गर्न नदिने

तत्काल सार्वजनिक यातायात सञ्चालन गर्न नदिने

Published:

On: Nepal

सरकारले सरोकारबालासँग छलफल नगरी निर्णय लिएको व्यवसायीको भनाइ छ। महासंघले वैशाख २१ गते सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। व्यवसायी र सवारीको समस्या सम्बोधन नभएसम्म सडकमा गाडी गुड्ने अवस्था नरहेको उपमहासचिव भण्डारीले बताए।

कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको हो।

सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने भएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि गाडी गुड्ने अवस्थामा नरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ।

सरकारले सहुलियत र पुनर्कर्जाको व्यवस्था गर्नुपर्छ।’ एउटा गाडीलाई सडकमा चलाउन योग्य बनाउन कम्तीमा पनि ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीको अनुमान छ। केही व्यवसायीले पैसा जोहो गरे पनि ग्यारेजमा मेकानिक उपलब्ध नहुने भण्डारीले बताए।

‘गाडी चलाउन जोखिम छ। चालक र सहचालकको स्वास्थ्यको जिम्मा कसले लिने। बिमा रकम र सुरक्षा उपकरणको व्यवस्था कसरी गर्ने’, उनले भने, ‘थलिएका यातायात व्यवसायीसँग खर्च गर्ने क्षमता छैन।’ सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताएका थिए।

चार महिनादेखि थन्किएका गाडीमा प्राविधिक समस्या देखिनुका साथै कर्मचारीको पनि अभाव रहेको महासंघका उपमहासचिव बसन्त भण्डारीले बताए।

‘गाडीको टायर मक्किएको छ। मोबिल फेर्नुपर्नेछ। ब्याट्री डाउन भएको छ। इन्जिनलगायत विभिन्न प्राविधिक जाँचको आवश्यकता छ’, उपमहासचिव भण्डारीले भने, ‘यी खर्च धान्ने ल्याकत व्यवसायीसँग छैन।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।