Thursday, October 29, 2020

Thursday, October 29, 2020
खेलकुद इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो वेष्टइन्डिजले

इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो वेष्टइन्डिजले

Published:

On: Nepal

लक्ष्य पछ्याउने क्रममा वेष्ट इन्डिजले खराब सुरुवात गरेको थियो । वेष्ट इन्डिजले २७ रन बनाउँदा सुरुवाती ३ विकेट गुमाएको थियो भने ओपनर जोन क्याम्पबेल पनि रिटायर्ड हर्ट भएका थिए । ओपनर क्रेग ब्रेथवेइट ४, शाई हो ९ रन बनाएर आउट भए भने शामरह ब्रुक्सले खाता खोल्न सकेनन् ।

पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो । ब्ल्याकउडले दुई अर्धशतकीय साझेदारीसहित ९५ रनको इनिङ्स खेलेपछि पाहुना टोलीले जित हात पारेको हो ।

जर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै ९५ रन बनाएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको छ । कोरोना महामारीपछि रक परिस्थितीमा पहिलो पटक भएको क्रिकेटमा जितपछि वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

साउथह्याम्पटनको दी रोस बोल स्टेडियममा घरेलु टोली इंग्ल्याण्डले २८४-८ बाट अन्तिम दिनको खेल सुरुवात गरेको थियो । त्यसपछि इंग्ल्याण्डले २९ रन थप्दै बाँकी २ विकेट गुमायो र दोस्रो इनिङ्समा ३१३ रन बनायो ।

अन्तिम विकेटका रुपमा आउट भएका जोफ्रा आर्चरले २३ रन जो८ । वेष्ट इन्डिजका शानन गाब्रीएललले दोस्रो इनिङ्समा ५ विकेट लिए । पहिलो इनिङ्समा २०४ रनमै अलआउट भएको इंग्ल्याण्डले वेष्ट इन्डिजलाई जितका लागि २०० रनको लक्ष्य दियो ।

ब्ल्याकउड आउट भएपछि क्याम्पबेल फेरि क्रिजमा फर्के र कप्तान ज्यासन होल्डरसंऊ मिलेर जित दिलाए । होल्डर १४ र क्याम्पबेल ८ रनमा अविजित रहे । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३ तथा कप्तान स्टोक्सले २ विकेट लिए ।

अब दोस्रो र तेस्रो टेष्ट म्यानचेष्टरमा हुनेछ ।

वेष्ट इन्डिजलाई जितका लागि ११ रन मात्र चाहिएको अवस्थामा ब्ल्याकउड आउट भएका थिए । शतक बनाउनबा६ ५ रनले चुकेका ब्ल्याकउडलाई इंग्लिस कप्तान बेन स्टोक्सले जेम्स एण्डरसनबाट क्याचआउट गराए ।

संकट परेको क्यारेबियन टोलीको इनिङ्स रफस्टन चेज र जर्मेन ब्ल्याकउडले मिलेर सम्हाले । यी दुईले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरे ।

चेस ३७ रन बनाएर आउट भएपछि ब्ल्याकउडले शेन डवरिचसंग पाँचौ विकेटका लागि ६८ रनको साझेदारी गरे । डवरिचले २० रन योगदान गरे ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार