Monday, September 28, 2020

Monday, September 28, 2020
आर्थिक बारेकोट गाउँपालिका : दुई घर पहिरोले पुरिँदा तीनजना मात्र बाँच्न सफल

बारेकोट गाउँपालिका : दुई घर पहिरोले पुरिँदा तीनजना मात्र बाँच्न सफल

Published:

On: Nepal

२०७७ असार २९ सोमबार| बिरामी छिमेकीलाई भेट्न भएका कलु सार्कीका श्रीमान् तुले र उनका १४ वर्षीय छोरा रमेश छोरा कुम्दस्थित गोठमा गएका कारण बाँच्न सफल भएका हुन् । शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हालसम्म ११ जनाको मात्र शव फेला परेको छ ।

६ जनाको परिवार रहेको तुलेले श्रीमती कलु, छोरी तिर्खा, कमला र कान्छो छोरा सुवासलाई गुमाउनुपरेको छ । अर्का मृतक घरमूली गोपाल सार्कीका १३ वर्षीय छोरा पवनको मामाघर सुवाकोट गएका कारण ज्यान जोगिएको छ ।

पवनले बाबा गोपाल, आमा पुष्पा, बैनी लक्ष्मी र भाइ अर्जुनलाई सदाका लागि गुमाएका छन् । त्यस्तै कलुका घरमा पाहुना आएकाले कुशे गाउँपालिका ९, चौताराका तीन भाइबहिनीले समेत सार्कीगाउँकै पहिरोमा परी ज्यान गुमाएका छन् । आफन्त गुमाएकाहरू विद्यालयमा शरण लिएर बसेका छन् । विद्यालयमै काजकिरिया सुरु भएको छ । आफन्तको यादमा शुक्रबारदेखि आफन्तका आँशु थामिएका छैनन् ।

बारेकोट गाउँपालिका ४, सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीनजना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाया हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमूली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो ।

गाउँपालिकाद्वारा किरिया खर्च:

बारेकोट गाउँपालिकाले मृतकका आफन्तलाई किरिया खर्च उपलब्ध गराएको छ । एकै घरका धेरै मृत्यु भएपछि आफन्तलाई पीडा खेप्न समस्या भएको छ । विस्थापितले तुरुन्तै राहत र पुनःस्थापना गर्न माग गरेका छन् । एकै ठाउँमा दर्जनौँ मानिस बसिरहेकाले व्यवस्थापनमा समस्या भएको छ । -रासस

विद्यालयमै किरिया:

बाह्रमध्ये १० जनाको शव जलाएर विद्यालयमै काजकिरियाको काम सुरु भएको छ । आज भेटिएका कमला सार्कीको दाहसंस्कार भए पनि लक्ष्मी सार्कीको दाहसंस्कार हुन बाँकी छ । पहिरो तथा खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिए । त्यस्तै बारेकोट ६, धुमामा बेपत्ता दुईजनाको शव अझै फेला पर्न सकेको छैन ।

जुनिचाँदे ११ का डिल्ली चँदारासमेत अझै फेला पर्न सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले हराएकाको खोजी जारी राखेका छन् |

वनमन्त्रीको राहत:

आइतबार राहत लिएर काठमाडौँबाट सार्कीगाउँ जाने भनिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायतको टोली हेलिकप्टरबाट गाउँ पुगेको छ । खराब मौसमका बीचमा गाउँ पुगेको मन्त्री बस्नेत सवार हेलिकप्टर प्रभावित गाउँमा अवतरण हुन नसक्दा ठकुरी जिरी गएर अवतरण गरी राहत सामग्री उपलब्ध गराएको छ । मन्त्रीलाई भेट्ने आशामा बसेका सर्वसाधारणले खराब मौसमका कारण भेट्न पाएनन् ।

दुई ठाउँमा हेलिकप्टर अवतरण गरे पनि हेलिकप्टर नै माटोमा गाडिएपछि छिटोछिटो हेलिकप्टर उडाइएको थियो ।

विस्थापित पाल र विद्यालयमा:

बाँचेका सबै स्थानीय विद्यालयमा बस्दै आएका छन् । सार्कीगाउँका मात्र ३२ घर विस्थापित भएको छ । बोहोराटोलमा १९ घर विस्थापित भएको छ । अन्य सबै वडा ५, १ लगायतका ठाउँमा गरी ५०० भन्दा बढी घरधुरी विस्थापित भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।

विस्थापित सार्की परिवारले जग्गा र अस्थायी घर निर्माण गर्न राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।

अहिले अस्थायी रुपमा ज्यान जोगाउन विद्यालयमा बसेका सर्वसाधारणले विकल्प दिन सरकारसँग माग गरेका छन् । विस्थापित लोकेन्द्र बोहोरा भन्छन्, “चिराचिरा परेको जमिन भत्किएको घर टाढैबाट हेरेर चित बुझाउँछौँ । केही मकै छ हामीसँग तर पिस्ने घट्ट खोलाले बगाउँदा समस्या भएको छ ।

स्थानीय बजारमा चामल छैन कसरी बाँच्ने ?” खाद्य व्यवस्था तथा व्यापार कम्पनी नायकबाडा बारेकोटमा एक गेडा चामल छैन । जनता आवास कार्यक्रम लागू गर्न सर्वसाधारणको माग छ ।

सम्बन्धित समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

ताजा समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।
X