Thursday, October 29, 2020

Thursday, October 29, 2020
बलिउड मृत्युलाई जितेका थिए यसअघि पनि अमिताभले , अहिले कोरोना सन्क्रमित

मृत्युलाई जितेका थिए यसअघि पनि अमिताभले , अहिले कोरोना सन्क्रमित

Published:

On: Nepal

सोमबार असार २९| आइतबार अभिषेककी छोरी आराध्या बच्चन र पत्नि तथा अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण भयो । बलिउडका बिग बि नामले पनि चिनिएका अमिताभलाई कोरोना संक्रमण भएपछि अहिले बलिउडका कलाकार र फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

पछिल्लो समय बलिउडका कलाकारहरुमा पनि कोरोनाभाइरसको संक्रमण देखिन थालेको छ । गएको शनिवार राति बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना देखियो ।

हिले कोरोना संक्रमण भएर मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराइरहेका अमिताभ निको हुने सबैले विश्वास लिएका छन् । यसअघि पनि उनी मृत्युको नजिक पुगेर स्वास्थ्य लाभ गरेर फर्केका थिए । एक शुटिङ गर्ने क्रममा गम्भिर घाइते भएर निको भएका थिए ।

मुम्बईमा उनलाई १० देखि १२ जना चिकित्सकले एकसाथ उपचार गरेपछि उनी ठिक भए । आफु ठिक भएपछि उनले अगस्ट २ मा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफुले नयाँ जिवन पाएको बताएका थिए ।
सन् १९८२ को जुलाइृ २६ मा बैंगलुरुमा फिल्म ‘कुली’ को शुटिङ गर्ने क्रममा उनले स्टन्ट दिने सोच गरे । फिल्मको उक्त सिनमा पुनीत इस्सरले अमिताभलाई मुक्का हान्नुपर्ने बताइएको थियो । तर मुक्का उनको मुखमा बजारियो ।

मुक्का लागेपछि उनी फेरि स्टीलको टेबलमाथि बाट पनि लडे । उक्त सिन निकै रियल थियो तर शुटिङपछि भने उनलाई पेट दुख्न थाल्यो । शुटिङको क्रममा कहाँ निर चोट लाग्यो भन्ने उनलाई थाहा भएन । उनी रातभर दुखाइले छटपटाए ।

उनलाई अति नै गाह्रो भएपछि बैंगलुरुको सिलोमिना अस्पतालमा भर्ना गरियो । त्यहाँका स्थानीय चिकित्सकले अमिताभको शल्यक्रिया गरे । त्यसको दुईदिनपछि उनलाई झन गाह्रो हुन थाल्यो । चिकित्सकले उनलाई पेन किलर दिएर उपचार गराइरहेका थिए । तर चिकित्सकले पनि चोट कहाँ निर लाग्यो भन्ने पत्ता लगाएनन् ।

यसैक्रममा उनलाई स्थानीय डाक्टरले उपचार गरे । उनको पेट चिरियो र पेटमा भएको इन्फेक्शन मुटुसम्म पुग्यो । उनको मस्तिष्कमा पनि असर पुग्यो । चिकित्सकहरुले उनी बाच्ने आशा मारिसकेका थिए ।

फेरि उनको शल्यक्रिया गरियो र ठिक भए |

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार