Saturday, December 5, 2020

Saturday, December 5, 2020
नेपाल वीरगञ्ज: सडकमा जथाभावी फोहोर फाल्ने सडक सफा गर्न लगाइयो

वीरगञ्ज: सडकमा जथाभावी फोहोर फाल्ने सडक सफा गर्न लगाइयो

Published:

On: Nepal

वीरगञ्ज विर्ता क्षेत्रको मात्रै समस्या होइन, मुख्य बजार क्षेत्रमा पर्ने घण्टाघर, माईस्थान, मिनाबजार, आदर्शनगर क्षेत्रमा समस्या छ । व्यापारीहरुले दिनभरी व्यापार व्यवसाय गरेर निस्केको फोहोर, कुहिएका तरकारी फलफूल बेलुका सडकमा नै फालेर जाने गरेका छन् भने राति छाडा चौपायाले छरिदिने गरेका छन् ।

भिजन डाइग्नोस्टिक, श्री गणेश डाइग्नोस्टिक, प्रवेश मेडिको, शान्ति पोलिक्लिनिक लगायत आधा दर्जन व्यवसायीहरुले स्वास्थ्य सेवा फोहोर व्यवस्थापन निर्देशिका २०७१ को खिल्ली उडाउँदै अस्पतालजन्य फोहोर सडकै फ्यालेका थिए ।

वीरगञ्जको विर्ता क्षेत्रको सडकमा जथाभावी फोहोर फाल्ने मेडिकल, क्लिनिक र प्याथोलोजी सञ्चालकलाई सडक सफा गर्न लगाइएको छ ।

अस्पतालजन्य फोहोरहरु समेत जथाभावी फाल्ने गरिएको रहेछ, बोलाएर केहीलाई उठाउन लगायौं,’ जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले भने, ‘अब फेला परे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छौं ।’

केही दिन यता वीरगञ्जमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वच्छ एवं व्यवस्थित वीरगञ्ज अभियान सञ्चालनमा छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको सक्रियतामा अभियान शुरु गरिएको हो । अभियानमा सामाजिक संस्था, युवा क्लब मात्रै नभएर
महानगरपालिकाका वडा अध्यक्षहरु सहभागी छन् ।

नागरिक स्तरमा त फोहोर व्यवस्थापनमा खासै सहयोग छैन । तर मुख्य बजार क्षेत्रका व्यापारीहरुले समेत फोहोर व्यवस्थापनमा असहयोग गर्ने गरेको पाइएको छ । बाहिरबाट आउने जो कोहीले वीरगञ्जलाई प्रदुषणयुक्त सहरको रुपमा परिभाषित गर्ने गरेका छन् ।

जुत्ता, चप्पल, कपडा, इलेक्ट्रिक पसलहरुबाट नकुहिने फोहोर, तरकारी फलफूल र खाद्यान्न पसलबाट कुहिने फोहोर निस्किने गर्दछ । मुख्य सडक क्षेत्रबाट मात्रै दैनिक दुई ट्याक्टर फोहोर उठ्छ । तर, त्यसको उचित व्यवस्थापन भएको छैन ।

वीरगञ्जको मुख्य बजार क्षेत्रमा मात्रै २ हजारको हाराहारीमा पसल व्यवसाय रहेको अनुमान व्यापारीहरुको छ । तर, वीरगञ्ज उद्योग वाणिज्य संघमा ५ सयको हाराहारीमा दर्ता रहेको संघले जनाएको छ । कतिपय विनादर्ता सन्चालित छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया नागरिकको मानसिकतामा परिवर्तन नल्याएसम्म बजार क्षेत्र सफा नदेखिने बताउँछन् । ‘जथाभावी फोहोर नगर्न, फोहोर एकै ठाउँमा जम्मा गरेर राख्न, महानगरपालिकाबाट गाडी आएपछि त्यसैमा हालिदिन भन्दै आएका हौं तर जथाभावी फालिएको देखिन्छ,’ उनले भने, ‘महानगरपालिकाले जबसम्म दुई–चार जनालाई कारबाही गर्दैन, यसमा सुधार आउँदैन ।’

महानगरपालिकाले पनि व्यापारीहरुसँग छलफल गरेर फोहोर लिन आउने उपयुक्त समय निर्धारण गर्नुपर्ने उनको तर्क छ । महानगरपालिकाका अनुसार मुख्य सडकमा बिहान ६ बजे र दिउँसो १ बजेतिर फोहोर उठाउने मानिस र ट्याक्टर जाने गरेका छन् । बिहान ८ जना सफाइकर्मी बढार्न मात्रै खटिएका हुन्छन् ।

महानगरपालिकाले फोहोर उठाउने समय न व्यापारीले पसल खोल्ने समयसँग मिल्छ न बन्द गर्ने समयसँग । वीरगञ्जमा बिहान ९ बजेपछि मात्रै पसलहरु खोल्न शुरु हुन्छ र राति पनि ८ बजेपछि बन्द गर्न थाल्छन् । समन्वय अभावकै कारण फोहोरले सहर कुरुप बनेको कतिपयको तर्क छ ।

वीरगञ्ज महानगरपालिकाका सरसफाइ सहायक सरफुद्दिन मियाँ फोहोर संकलनको जिम्मा ठेकेदारलाई दिइएको बताउँछन् । ‘फोहोर उठाउने जिम्मा अहिले ठेकेदारलाई दिइएको छ उनीहरुले कसरी गरिरहेका छन् । सबै कुरा हामीलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘मुख्य बजार क्षेत्रमा जथाभावी फोहोर फालेर जाने समस्या छ । पहिला हामीले सम्झाउँदा ‘फाल्दिन’ भन्ने तर पछि फालेर जाने गर्दथे ।’

वीरगञ्ज महानगरमा ०७५ सालमा नै फोहोरमैला व्यवस्थापन ऐन आएको हो । तर महानगरपालिकाले त्यसको कार्यान्वयन गर्न सकेको छैन । असार २१ गते राजपत्रमा ऐन प्रकाशित भएको दुई वर्ष बितिसकेको छ । निजी क्षेत्रलाई फोहोरमैला संकलन र व्यवस्थापनको जिम्मा दिने कामबाहेक ऐन अनुसार अन्य गतिविधि हुन सकेको छैन ।

ऐनमा फोहोरमैला व्यवस्थापन समितिको गठन गर्ने, फोहोरमैला व्यवस्थापन कोष खडा गर्ने, महानगरको प्रत्येक टोल वा बस्तीमा संकलन केन्द्र तोकेर आवश्यक कन्टेनरको व्यवस्था गर्ने, त्यहाँ जम्मा भएको फोहोरको ढुवानी महानगरले गर्ने, फोहोरमैलाको न्यूनीकरण, पुनः प्रयोग तथा चक्रिय प्रयोगलाई प्रोत्साहन गर्ने, सेवा शुल्क उठाउन सक्नेलगायतका कुराहरु उल्लेख छन् ।

ऐनको प्रस्तावनामै फोहोर मैलाको स्रोतमा न्यूनीकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र फोहोरमैलाको उचित र व्यवस्थापन गर्न तथा जनस्वास्थ्य एवं वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ, स्वस्थ र मनोरम वातावरण कायम गर्न वान्छनीय भएको’ भनिएको छ । तर त्यसका लागि गर्नुपर्ने क्रियाकलाप भने महानगरपालिकाले सञ्चालन गर्न सकेको छैन ।

सडकमा जथाभावी फोहोर फालेको भेटिए अबका दिनमा कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी थापा बताउँछन् । वीरगञ्ज–३ का वडा अध्यक्ष बैजु स्वर्णकारले सुईसमेत जथाभावी फालेको पाइएपछि आइन्दा त्यस्तो पाइए हदैसम्म जरिवाना गर्ने चेतावनी दिएको बताउँछन् ।

सम्बन्धित समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

“सिधा कुरा जनतासँग” बन्द हुँदै, रवि लामिछाने राजनितिमा ?

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको “‘सिधा कुरा जनतासँग’” कार्यक्रम बन्द हुने भएको छ। प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो।

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।