Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
विज्ञान र प्रविधि २० मिनेटमै मोबाइल फूल चार्ज हुने, सार्वजनिक गर्‍यो ओप्पोले अहिलेसम्मकै फास्ट चार्जर

२० मिनेटमै मोबाइल फूल चार्ज हुने, सार्वजनिक गर्‍यो ओप्पोले अहिलेसम्मकै फास्ट चार्जर

Published:

On: Nepal

बुधबार, असार ३१ | चार्जिङ पावरको कुरा गर्दा यो क्षमताको चार्जर अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चार्जर हो । अब स्मार्टफोन अझै छिटो चार्ज गर्न सकिने भएको छ । ओप्पो कम्पनीले बुधबार १२५ वाटको चार्जर सार्वजनिक गरेको छ ।

शून्य प्रतिशत ब्याट्रीलाई पाँच मिनेटमा नै ४१ प्रतिशतसम्म चार्ज गर्न सक्छ । चार्जको समयमा यसले डिभाइसको तापक्रमलाई ४० डिग्री सेल्सियसमै कायम राख्दछ ।

कम्पनीका इञ्जिनियर जेफ झाङका अनुसार यो एउटा गेम चेन्जिङ वायरलेस चार्जर हुनेछ । जसले मोबाइल फोनको ब्याट्रीलाई अहिलेसम्मकै सबैभन्दा छोटो समयमा फूल चार्ज गर्नेछ ।

यो चार्जरले आधुनिक फ्ल्यागशिप फोनको ४००० एमएएच क्षमताको ब्याट्रीलाई २० मिनेटभित्र फुल चार्ज गर्न सक्छ ।

यसअघि पनि ओप्पो कम्पनीले अन्य स्मार्टफोन ब्राण्डलाई पछि पार्दै ६५ वाटको चार्जर सार्वजनिक गरेको थियो । एक्स टु प्रो जस्ता फोनमा प्रयोग भएको ६५ वाटको चार्जरभन्दा यसले दुई गुणा बढी छिटो परिणाम दिन्छ । १२५ वाटको चार्जरको आकार पनि ६५ वाटको सुपर भीओओसी २.० ब्रिक चार्जरको जस्तै छ । तर यसमा टाइप सी यूएसबी पोर्ट छ ।

ओप्पोले आफ्नो नयाँ चार्जरलाई अन्य डिभाइसहरुसँग मिल्ने बनाउन ६५ वाट यूएसबी पीडी र १२५ वाट पीपीएस सपोर्ट पनि प्रदान गर्ने बताएको छ । यस्तै ओप्पोले सोही समारोहमा अर्को फास्ट वायरलेस चार्जर पनि सार्वजनिक गरेको छ ।

उक्त नयाँ ६५ वाटको एयर भीओओसीले ४००० एमएएचको ब्याट्रीलाई ३० मिनेटमै फूल चार्ज गर्नसक्छ । यसले पनि फोनलाई ४० डिग्री सेल्सियसकै तापमानमा फुल चार्ज गर्न सक्छ । यसमा फोनको समानान्तर डुअल कोयल डिजाइन र ओप्पको आइसोलेटेड चार्ज पम्प प्रविधि प्रयोग भएको छ ।

तर ओप्पोले यी दुवै चार्जरलाई सपोर्ट गर्ने डिभाइस कहिले सार्वजनिक गर्ने भनेर समय किटान गेको भने छैन|

अन्य ब्राण्डले जसरी भोल्टेजमा प्राथमिकता दिनुको साटो ओप्पोले सर्किट पोइन्टबाट बहने विद्युत करेन्टलाई प्राथमिकतामा राख्दै आइरहेको छ ।

वास्तवमा ओप्पोको दर्शन अन्य प्रतिस्पर्धी प्रविधि ब्राण्डभन्दा फरक छ ।

यद्यपी कम्पनीले त्यस्तो डिभाइस व्यापारिक रुपमा तयारी भइसकेको जनाएको छ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X