Thursday, October 29, 2020

Thursday, October 29, 2020
अन्तर्राष्ट्रिय Americaले भने सुनाउँदैछौ खुसीको खबर

Americaले भने सुनाउँदैछौ खुसीको खबर

Published:

On: Nepal

Nepal Online Patrika | Source: अमेरिकी अनुसन्धानकर्ताहरुले भने ‘खुसीको खबर सुनाउँदैछौ’ कोरोना भाइरसको भ्याक्सिन निर्माण गर्न विश्वका धेरै देशका वैज्ञानिकहरु लागि परेका छन् । तर भरपर्दो औषधि उत्पादन भइनसकेको अवस्थामा अमेरिकाले भने ठूलो सफलता हात लगाएको दावी गरेको छ । जुन वैज्ञानिकहरुले आशा गरे भन्दा बढी सफलता मानिएको छ ।

‘अब यो भ्याक्सिनको प्रभावित भएकाहरुमा परीक्षण बाँकी रहेको छ’ अमेरिकाका महामारी रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले एसोसिएटेड प्रेससंग भने ‘ जति नै काँटछाँट गरेर हेरे पनि यो एउटा खुसीको खबर हो । ’ नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडेरना इन्कमा डा. फाउचीसहितको सहकर्मीले यो भ्याक्सिनको विकसित गरेका हुन् ।

अब २७ जुलाईदेखि यो भ्याक्सिनको महत्वपूर्ण प्रभाव शुरु हुनेछ । तीस हजार संक्रमितमा यो भ्याक्सिनको प्रयोग गरिनेछ र त्यसपछि कोरोना भाइरस कोभिड १९ विरुद्ध यो भ्याक्सिनले मानव शरीरलाई बचाउन सक्छ सक्दैन भन्ने अहम सवालको जवाफ तत्काल पाइने छ ।

मंगलबार केही शोधकर्ताले ४५ मानिसमा यस्को परीक्षण गरेका छन् । जस्को नतिजाको व्यग्र प्रतीक्षा भइरहेको पनि बताइएको छ । प्रयोग गरिएका स्वयंसेवकहरुलाई यो भ्याक्सिन दिएपछि उनीहरुको शरीरमा न्यूट्रालाइजिङ एन्टीबडी विकसित भएको पाइएको छ ।

जुन एन्टीबडी इन्फेक्सन रोक्नका लागि अहम मानिएको छ । अनुसन्धान टोलीले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा लेख अनुसार भ्याक्सिन दिइएका स्वयंसेवकको रगतमा उत्तिनै एन्टीबडी पाइयो जति कोभिड १९ बाट ठीक भएका विरामीको शरीरमा पाइइएको छ ।

अझै पनि यस्को असरको प्रत्याभूति त भइसकेको छैन । जुन अन्तिम नतिजाले देखाउने छ । तर अमेरिकी सरकारले यो आशा राखेको छ यस्को परीक्षण र प्रभाव यो बर्षको अन्तसम्ममा पूरा हुनेछ । तर आशलाग्दो पक्ष भने भ्याक्सिनको प्रभाव तीब्र गतिमा देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यो भ्यक्सिनको दुई खोप एक महिनाको अन्तरमा दिइने छ । र, यो भ्याक्सिनको कुनै साईड इफेक्ट भने देखिएको छैन ।

सम्बन्धित समाचार

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

२४ घण्टामा थपिए २३६४ जना कोरोना संक्रमित, ३०३८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ।

दुखको खबर : रवि लामिछाने र पत्नी निकतालाई कोरोना संक्रमण

टेलिभिजन प्रस्तोता रवि लामेछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

ताजा समाचार

दशैंपछि काठमाडौं फर्किने न्यून, दैनिक ५ हजार भित्रिदै

गतवर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमाहुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो ।

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।