Thursday, October 29, 2020

Thursday, October 29, 2020
कोरोना भाइरस तीन हप्तामै बन्यो दैलेखमा आइसोलेसन अस्पताल

तीन हप्तामै बन्यो दैलेखमा आइसोलेसन अस्पताल

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: दैलेखमा आइसोलेसन अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरस रोग संक्रमितको उपचारका लागि दैलेख सदरमुकामस्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा अस्पताल निर्माण गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी अस्पताल बनाइएको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि निर्माण थालिएको अस्पताल तीन हप्तामा सकिएको निर्माण कम्पनीले जनाएको छ ।

एक पटकमा ५० जनाको उपचार गर्ने गरी आइसोलेसन अस्पताल बनाइएको छ । पाँचवटा प्रिफेप भवन निर्माण भएका छन् । कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाको सांसद क्षेत्र विकास कार्यक्रमको बजेटबाट अस्पताल निर्माण गरिएको हो ।

झण्डै ७२ लाखको लागतमा अस्पताल निर्माण पूरा भएको सांसद थापाले बताए । आर्थीक वर्ष २०७६÷०७७ को बजेटबाट ५५ लाख रुपैयाँ भुक्तानी हुन्छ, सांसद थापाले भने, ‘बाँकी रकम आगानी आर्थीक वर्ष २०७७/०७८ मा भुक्तानी हुनेछ ।’
अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी पूरा भएको सांसद थापाले जनाए । आइसोलेसनका लागि आवश्यक अक्सिजनलगायतका अरु उपकरण भने व्यवस्थापन हुन बाँकी छन् ।

अस्पताल निर्माणका लागि जेसीका एण्ड अभियान कन्ट्रक्सन प्राली दैलेखले जिम्मा पाएको थियो । प्रिफेप भवन निर्माणका लागि लकडाउनमै काठमाडौं र चितवनबाट सामग्री ल्याउनुपर्ने भएकाले ढुवानीमा समस्या झेल्नुपरेको कन्ट्रक्सनका सञ्चालन प्रकाश बुढाले बताए । जनशक्ति अभावकै बीचमा तीन हप्तामै अस्पताल निर्माण सकिएको बुढाले बताए ।

आइसोलेसनमा अहिले नारायण नगरपालिकाका पाँचजना कोरोना संक्रमित उपचाररत छन् । आइसोलेसनमा चिकित्सकसहितको टोली परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. निरञ्जन पन्तले बताए । बिहीबारसम्म दैलेखमा कोरोना संक्रमितको संख्या आठ सय ४ पुगेको छ। ती मध्ये ७ सय ६७ जना डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार