Monday, October 26, 2020

Monday, October 26, 2020
नेपाली चलचित्र के सुदर्शन र पूजाले फिल्म क्षेत्रमा ‘ग्रुपिज्म’ गर्छन् ?

के सुदर्शन र पूजाले फिल्म क्षेत्रमा ‘ग्रुपिज्म’ गर्छन् ?

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: निर्देशक सुदर्शन थापाको चलचित्रमा नायिका पूजा शर्माले निरन्तर काम गर्दै गएका कारणले पनि, चलचित्र बजारमा यो समुहले ग्रुपिज्म गर्छन् भनेर चर्चा हुने गर्दछ । सुदर्शनसँग पूजाले चलचित्र ‘मधुमास’पछि टिमअप गरेकी हुन् । यसपछि, यी दुइले ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’मा काम गरिसकेका छन् ।

सुदर्शनको चलचित्रमा अरु नायिका नहुनु, पूजाले पनि अरु निर्देशकसँग खासै सहकार्य गर्न नचाहनु आदि कारणले यी दुइलाई ग्रुपिज्मको आरोप लागेको हुनसक्छ । तर, नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा भने यो कुरालाई अस्विकार गर्छन् ।

पूजा भन्छिन्–‘हामीले करिअरको सुरुवात आ–आफ्नै तरिकाले गरेका हौं । विच बाटोमा पुगेपछि हामीले एक अर्कालाई भेटेका हौं । मैले चलचित्र क्षेत्रमा स्थापित हुनका लागि निकै मिहिनेत गरेकी छु । एक अर्कासँग काम गर्दा सहज भएपछि हामीले मिलेर अगाडि जाने निर्णय गर्यौं ।’

पूजा अगाडि भन्छिन्–‘एउटा राम्रो निर्देशकसँग काम गरेको हुँ । ग्रुपिज्म बनाएर मलाई मात्र चलचित्रमा लिनुपर्छ भनेकी छैनँ । मैले म यस्तो गीत गाउँछु मा नयाँ नायिका राख्नुपर्छ भनेर सुदर्शनजीलाई अफर गरेकी थिएँ ।’

यो बिषयमा सुदर्शन भन्छन्–‘ग्रुपिज्म भएको भए त अरु ब्यानरको चलचित्र मैले पूजालाई खेल्नै दिन्नथ्यँ होला । पूजा र मैले चलचित्र निर्माणमा पनि सहकार्य गरिरहेका छौ । अब, पूजा आफै नायिका भएपछि अरु किन लिने भन्ने मेरो सोचाई हो । तर, पूजाले म यस्तो गीत गाउँछु मा नायिका अर्को राख्नुपर्छ भनेकी थिइन् । मैले नै प्रेमगीत हिट भैसकेपछि दर्शकले रुचाएको बेलामा अरु नायिका राख्नुभन्दा आफै काम गर्नुपर्छ भनेर भनेको हुँ ।’

अरु नायिकासँग काम नै नगर्ने होइन भन्दै सुदर्शनले पूजा र आफ्नो सहकार्यलाई ग्रुपिज्म भन्न नमिल्ने बताए । पूजा र सुदर्शनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको लागि तयार छ ।

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..