Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाल नेपाल सरकारले वेबसाइट तत्काल बन्द गर्नुपर्ने निर्देशन दिए

नेपाल सरकारले वेबसाइट तत्काल बन्द गर्नुपर्ने निर्देशन दिए

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: अब सरकार तथा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिए तत्काल वेबसाइट बन्द हुने भएका छन् । प्राधिकरणले हालै जारी गरेको इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली २०७७ को अनुसूचीमा यस्तो व्यवस्था गरिएको हो ।

विनयमावलीको अनुसूची १५.१० मा ‘नेपाल सरकार वा प्राधिकरणले समय समयमा बन्द गर्नपर्ने भनि लेखी पठाएका वेबसाइट तत्काल बन्द गरी जानकारी गराउनुपर्ने’ उल्लेख छ । इन्टरनेट मार्फत वेबसाइटमा सर्वसाधारणको पहुँच हुने गरी सामग्री राख्दा र वेबसाइटमा राखिएका सामग्रीमा प्रयोगकर्ताको पहुँचको व्यवस्था गर्दा सेवाप्रदायकले पालना गर्नुपर्ने शर्तहरु उक्त अनुसूचीमा उल्लेख गरिएको छ ।

गत असार ५ गतेको प्राधिकरण सञ्चालक समितिको बैठकले पारित गरेको उक्त विनियमावलीमा सेवाप्रदायकले ग्राहकहरुलाई इन्टरनेट मार्फत निश्चित किसिमका सामग्री तथा सूचना राख्न, प्रवाह गर्न, वितरण गर्न, बिक्री गर्न र त्यस्ता सामग्रीमा पहुँच रोक्न आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

बा’ल यौ’न’जन्य सामग्री तथा यस्तै प्रकारका वेबसाइटमा पहुँच रोक्न सेवाप्रदायकले आवश्यक व्यवस्था गर्नुपर्नेछ । यसैगरी नेपालको सार्वभौमसत्ता, अखण्डता एवम् राष्ट्रिय हिन विपरित तथा साज्यद्रोह हुने खालका सामग्रीको पहुँचमा समेत रोक लगाउनुपर्नेछ ।

प्रचलित कानूनले अ’श्ली’ल भनी परिभाषित गरेका अ’श्लि’ल सामग्री, सार्वजनिक शिष्टा’चार वा नैतिकताको प्रतिकूल हुने, विभिन्न जात, जाति, धर्म, वर्ग, लिङ्ग, वा सम्प्रदायहरुको बीचको सम्बन्धम खलल पार्ने सामग्रीहरु प्रसारण नहुने व्यवस्था मिलाउने दायीत्व समेत सेवाप्रदायकलाई तोकिएको छ । सामाजिक सद्भाव खल्बल्याउन उत्तेजना फैलाउने, अत्यधिक हिंसा भएका विभत्स दृष्य, चित्र, लेख जस्ता सामग्री तथा राष्ट्रिय सुरक्षा तथा नागरिकको सुरक्षामा बाधा पुर्याउने खालका सामग्रीमा समेत बन्दे’ज लगाइएको छ ।

त्यसो त प्राधिकरणले चालु आर्थिक वर्षका लागि तयार पारेको वार्षिक कार्यक्रममा इन्टरनेटका कन्टेन्ट ब्ल’क गर्न सकिने गरी एक अर्ब रुपैयाँमा कन्टेन्ट फिल्टरिङ खरिद गर्ने योजना समेत समावेश छ । विनियमावलीले खारेज गरेको यस अघिको इन्टरनेट तथा ईमेल सेवा सञ्चालन सम्बन्धी विशेष निर्देशिका अनुसार प्राधिकरणले इन्टरनेटमा अश्लील वेबसाइटमा बन्देज लगाउन सेवा प्रदायकहरुलाई निर्देशन दिँदै आएको थियो ।

तर उक्त निर्देशिकामा अन्य वेबसा’इटमा ब’न्देज लगाउने विषयमा कुनै प्रावधान राखिएको थिएन । नयाँ विनियमावलीबाट पहिलो पटक सरकारले निर्देशन दिए जुन सुकै वेबसाइट ब’न्द गर्न सकिने व्यवस्था गरिएको हो ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रधानमन्त्री ओलीले पनि खोले टिकटक अकाउन्ट , एकैदिनमा भाइरल !

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन ।उनलेले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।