Thursday, October 29, 2020

Thursday, October 29, 2020
मनोरञ्जन हातमा पैसा टिक्दैन ? यस्ता छन कारणहरु

हातमा पैसा टिक्दैन ? यस्ता छन कारणहरु

Published:

On: Nepal

Nepal Online Patrika: तपाई पैसा नजोगिएर हैरान हुनुभएको होला ? कमाइको र खर्चको तालमेल नमिल्दा समस्या भोग्नेहरु धेरै हुन्छन् ।

देखिने र ठूलो खर्च गर्ने स्थान पनि हुँदैन तर साथमा पैसा बचत पनि नहुँदा धेरै मानिसले मेरो हातमा त पैसा नै टिक्दैन भन्ने पनि गरेका छन् ।
यस्तो समस्या तपाईले पनि भोग्नु भएको छ भने यि उपाय काम लाग्न सक्छन् ।

पहिला खर्चको लिस्ट बनाउनुहोस्

सानोदेखि लिएर ठूलो खर्चसम्मको एउटा लक्ष्य बनाउनुहोस् । यो लक्ष्य पूरा गर्न प्रयास गर्नुभयो भने बारम्बार हुने खर्चमा नियन्त्रण हुन सक्छ र यसले आम्दानी र खर्चबीच एउटा सन्तुलन पैदा गर्छ ।

जस्तै तपाईंलाई गाडी किन्नु छ, घर बनाउनु छ या बिहे गर्नुछ भने यी कुराहरू लेख्नुस् । कुनै खर्च गर्नुभन्दा अगाडि आफूले राखेका लक्ष्यहरूलाई सम्झिने प्रयास गर्नुस् । लक्ष्य अगाडि भएपछि वचत गर्न सजिलो हुन्छ ।

क्रेडिट कार्डको खर्चमाथि नियन्त्रण

केही मान्छेहरू आफ्नो खर्चका लागि क्रेडिट कार्डमा निर्भर हुन्छन् जुन खराब बानी हो । खर्च गर्न क्रेडिट कार्डमाथि निर्भर रहनु भनेको वचत हुन कठिनाइ हुनु हो । क्रेडिट कार्ड प्रयोग गर्नुपरेमा त्यतिमात्र खर्च गर्नुस् जति तपाईंको बैंक एकाउन्टमा पहिल्यैदेखि वचत छ । एक महिनामा जति तिर्न सकिन्छ त्यति मात्र क्रेडिट कार्डबाट खर्च गर्नुपर्छ।

ऋण नराख्नुहोस्

आफूमाथि कुनै पनि किसिमको ऋण राख्नु हुँदैन । कहींबाट ऋण लिएको छ भने त्यसलाई छिटै तिर्ने कोशिस गर्नुपर्छ । यदि तपाईंसँग कहीं बाट पैसा आउँदै छ र तपाईंले घर या गाडी किन्न खोज्नुभएको छ भने त्यसलाई रोकेर आफ्नो ऋण तिर्नतिर लाग्नुहोस् ।

आपतकालीन कोष बनाउनुहोस्

वचतसँगै वित्तीय सुरक्षाको पनि ध्यान राख्न जरुरी छ । तपाईंले आफ्नो लागि सबैभन्दा पहिला आपतकालीन कोष बनाउनुहोस्, यसो गरियो भने कुनै अप्ठेरो परिस्थितिमा त्यो पैसा तपाईंले प्रयोग गर्न सक्नुहुन्छ । इमर्जेन्सी फण्ड भएपछि तपाईंलाई ऋण लिन आवश्यक नपर्न सक्छ ।

सम्बन्धित समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।