Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
नेपाल राम विवाद | गुफा नजिकैको सीमा स्तम्भ उखे'लियाे

राम विवाद | गुफा नजिकैको सीमा स्तम्भ उखे’लियाे

Published:

On: Nepal

Nepal Online Patrika: पर्साको ठोरीस्थित सीता गुफानजिकै रहेको नेपाल भारत सीमास्तभ उखेलेर फालेको अवस्थामा फेला परेको छ।

ठोरी गाउँपालिका-२ स्थित सीता गुफानजिकै रहेको ४३५ नम्बरको सीमा स्तभ शनिबार दिउँसो उखेलेर फालेको अवस्थामा फेला परेका स्थानीयले बताएका छन्। सीमा स्तम्भ भारतीयले उखेलेर फालेको आरोप स्थानीयबासीले लगाएका छन्।

एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा पर्ने बताएपछि सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो। प्रधानमन्त्री ओलीको भनाईको भारतीयले तीब्र विरोध गर्दै आएका छन्।

स्तम्भ उखेलेर फालेको विरोधमा स्थानीयले शनिबार दिउँसो सीमा क्षेत्रमा पुगेर प्रदर्शनसमेत गरेका छन्। दिउँसो १२ बजेसम्म ठिक अवस्थामा देखिएको सीमा स्तम्भ दिउँसो ४ बजेपछि उखेलेर फालिएको अवस्थामा भेटिएका ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले बताए।

शनिबार बिहान स्थानीयले सीता गुफा क्षेत्रमा कलशयात्रा, भजनकीर्तनसहित पूजाआजा गेका थिए। अध्यक्ष श्रेष्ठका अनुसार सीमा स्तम्भ उखेलेको ठाउँभन्दा पाँच मिटर पर फेला परेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने सीमास्तभ उखेलेको नभएर ढलेको हुन सक्ने दाबी गरे।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X