Thursday, October 22, 2020

Thursday, October 22, 2020
नेपाल सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब | नेपाल–भारत

सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब | नेपाल–भारत

Published:

On: Nepal

Nepal Online Patrika | Jhapa: नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ।

नापी विभागका अनुसार कार्यदलले हालसम्म १हजार ७सय ६३वटा मर्मत गरेको छ भने २हजार ४सय ४५ वटा पिलर नयाँ निर्माण गरेको छ। यसअघि बिछ्याइएका पिलरमध्ये विभिन्न कारणबाट ८सय ९२ वटा हराएको विभागको भनाइ छ।

सुगौली सन्धिपछि दुवै देशको सीमामा ८ हजार ५ सय ५३ पिलर गाडिएको थियो। तीमध्ये कतिपय लडेका, कतिपय हराएका, कतिपय मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले ६ वर्षदेखि वैज्ञानिक मापन जारी छ।

वैज्ञानिक मापनपछि पनि कतिपय ठाउँमा पिलर गायब गरिएका छन्। नेपाल–भारत सीमाक्षेत्र ठोरीमा गाडिएका ४सय ३६ नम्बरको सीमास्तम्भ आइतबार बिहान गायब गरिएको छ।

यसको औपचारिक जानकारी विभागमा भने नआएको विभागका कर्मचारीको भनाइ छ।

विभागका अनुसार ठोरीमा सन् २००७मै वैज्ञानिक सीमा मापनको काम पूरा भएको हो। सन् १८१६ को सुगौली सन्धिलाई आधार मानेर सीमाक्षेत्रको वैज्ञानिक मापन सुरु गरिएको नापी विभागको भनाइ छ।

यसरी सीमा मापन गर्दा नेपालले भोगचलन गरेको केही भूभाग भारततिर र भारतले भोगचलन गरेको केही भूभाग नेपालतिर आएको निष्कर्ष विभागले निकालेको आजको नागरिक दैनिकमा खवर छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X