Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल कक्षा ११ को मर्कसिट र परीक्षा विद्यालयबाटै, आज कार्यविधि सार्वजनिक हुँदै

कक्षा ११ को मर्कसिट र परीक्षा विद्यालयबाटै, आज कार्यविधि सार्वजनिक हुँदै

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि आज सार्वजनिक गर्दैछ ।

कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको बोर्डले जनाएको छ । कक्षा ११ को प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ ।

यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो । अब कक्षा १२ को मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ । कार्यविधिमा गत वर्षको पुरक परीक्षाको सम्परीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । बोर्डको आज ४ बजे बस्ने बैठकले कार्यविधि पारित गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

अब कक्षा ११ को परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धाङकपत्र दिइनेछ । बोर्डले केही दिनअघि सबै सदस्यलाई ड्राफ्ट उपलब्ध गराइसकेको छ । सोको आधारमा छलफल गरी आजै पारित हुनेछ–स्रोतले भन्यो ।

कार्यविधि पारित भएसंगै सबै विद्यालयलाई कक्षा ११ को परीक्षा लिने बाटो खुल्नेछ । ११ को कार्यविधि पारित भएपछि कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक गर्ने गृहकार्य शुरु गर्नेछ । त्यसको लागि विज्ञ र सरोकारवाला निकायसंग छलफल गरिरहेको छ ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ताजा समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।