Thursday, October 22, 2020

Thursday, October 22, 2020
नेपाली चलचित्र ‘प्रसाद २’ बन्ने

‘प्रसाद २’ बन्ने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:  चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । चलचित्रका निर्देशक भने फेरिएका छन् । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण गर्दैछन् । चलचित्रका लागि कुनै पनि कलाकार अनुवन्धित नभएको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्र ‘प्रसाद’ दर्शकले र समिक्षकले रुचाएको चलचित्र हो । यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो ।

निर्देशक दिनेश राउत अन्य केही प्रोजेक्टमा व्यस्त भएपछि सौरभले ‘प्रसाद २’को निर्देशनको जिम्मा सम्हाल्न लागेका हुन् । एक दम्पत्तीको सन्तान नहुँदाको पीडा र उत्पन्न परिस्थितीको कथालाई ‘प्रसाद’ले उठान गरेको थियो ।

निर्माता सुभाष थापाले लक डाउन खोलेपछि छायांकनमा जाने बताए । चलचित्रका लेखक सुशिल पौडेलले कथावस्तुको बारेमा भने–‘चलचित्रलाई ‘प्रसाद’को प्रिक्वेलको रुपमा निर्माण गरिनेछ ।’

सम्बन्धित समाचार

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

आइसोलेसनमा रहेका हरिवंश आचार्य भन्छ्न: कोरोनालाई खेलाचीँ नठानौँ, यो बलियो शत्रु नै हो

तिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्।

प्रचण्डकी नातिनी स्मिताको सलोनसँग रिल बिवाह

प्रचण्डकी नातिनी अर्थात गायिका स्मिता दाहाल एक म्युजिक भिडियोका लागि बेहुली हुनुपरेकी छन् ।

प्रधानमन्त्री ओलीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

प्रधानमन्त्री ओलीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X