Thursday, October 29, 2020

Thursday, October 29, 2020
स्वास्थ्य कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ ?

कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ ?

Published:

On: Nepal

Nepal Online Patrika:  केही मान्छेहरू समयमा खान नपाएर अस्वस्थ हुन्छन्, धेरै मान्छे पाएको खानेकुरा विधिपूर्वक खान नजानेर अस्वस्थ हुन्छन् । खानामा एउटा विज्ञान छ, यही विज्ञानको आधारमा प्राचीनकालदेखिको हाम्रो खाना संस्कार चल्दै आएको छ ।

खानाकै सवालमा एक व्यक्तिगत प्रश्न पनि आउन सक्छ, के तपाई प्रायः पेटको भारीपन, ग्यास र अन्य पाचनसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ? छ भने यसको पछाडि हामीले खान नजानेको खानपान शैली नै कारक पनि हुन सक्छ । जुनसुकै खाद्य पदार्थ पनि एउटा निश्चित संयोजनमा नखाने हो भने त्यसले हामीलाई हानि गर्न सक्छ । शोधकर्ताहरू यस्तै खानाका सारथिको खोजीमा हुन्छन् जसले शरीरलाई फाइदा गर्छ ।

हाम्रो संस्कृतिले खाद्य पदार्थहरूको मात्रा र विधिको बारेमा उल्लेख गरेको छ । जस्तो, छोकडाको साथमा दूध, खानाको साथमा नरिवल र दालको साथमा दहीको संयोजनले सम्पूर्ण पोषणलाई बढाउने काम गर्छ । यद्यपि पनिरसँग पालक, दहीको साथमा फलफूल जस्ता केही बेमेल हुने खानेकुरालाई पहिचान गरेर आफ्नो खानपान संस्कार बनाउने हो भने यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने पोषणविद्हरू बताउँछन् ।

आँप र काँक्रोको नमिल्दो संयोग

आँप आफैँमा गर्मी खालको फलफूल हो । तराईतिर यसलाई गर्मी समयको फलफूलको राजासमेत मान्ने गरिन्छ । यो गर्मी मौसममा हरेक घरमा उपभोग हुने फलफूल हो । यही आँपसँग काँक्रोको प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

पोषणविदहरु आँपको गर्मी स्वभाव र काँक्रोको चिसो स्वभावका कारण यी दुई फल एक साथ खानु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । यी दुवै फल एकै पटक खाँदा शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुन्छ भने पेटमा ग्यास भरिने र पेट भारी हुने समस्या पनि सिर्जना हुन्छ ।

दुग्ध उत्पादन र पालक

पालकबाट बन्ने विभिन्न किसिमका परिकारहरू आफैंँमा स्वादवद्र्धक हुन्छ । पालकसँग पनिर खाने चलन पनि कताकतै पाउन सकिन्छ । तर त्यो आफैँमा हानिकारक रहेको न्युट्रिसियनहरू बताउँछन् । पनिरलगायत दुग्ध उत्पादनहरूमा क्याल्सियम प्रशस्त मात्रामा पाउने गरिन्छ । तर जब दुग्ध उत्पादनहरू पालकसँग मिसिन्छन् दुग्ध पदार्थमा रहेको क्याल्सियम र पालकको अक्सेलिक एसिड मिसिन्छ । जसले शरीरले क्याल्सियम लिन सक्दैन । त्यसैले यो आफैँमा हानिकारक हुन्छ । बरु पालकलाई दाल र च्याउसँग मिसाएर खान सकिन्छ ।

दूध र दाल

भुटेको सिमी, भट्टमासजस्ता दलहन र दूधलाई मिसाएर खानु पनि स्वास्थ्यको लागि राम्रो कुरा होइन । दूध र दलहनलाई साथमा सेवन गर्ने हो भने यसले पेटको पाचन प्रणालीमा समस्या सिर्जना गर्ने बताइन्छ । फेरि दूधको साटो दहीको प्रयोगले आँतलाई राम्रो गर्ने गर्छ । पोषणविद्हरूका अनुसार दूधको पाचन प्रणाली पेटमा नभई डुओरेअम अर्थात् भित्री आँतको एक भागमा हुने गर्छ । अर्कोतर्फ पेटमा पाचन प्रणाली रहेको दलहनमा रहेको ओलिगोसाकराइड्स नामको गुलियो पदार्थ पनि पचाउनको लागि कठिन हुने खानाको कोटीभित्र पर्छ । यसरी दुई किसिमको खानेकुरा एकैपटक प्रयोग गर्दा शरीरको पाचन प्रणाली ढिला हुनसक्ने बताइन्छ ।

दूध र एन्टिबायोटिक

गिलासमा दूधको साथ एन्टिबायोटिक लिनु धेरैको लागि सामान्य बानी भइसकेको हुन सक्ला । तर यो स्वास्थ्यका लागि राम्रो कुरा भने होइन । एन्टिबायोटिक प्रभावकारी हुनका लागि मुखदेखि पेटसम्मका अंगले त्यसलाई बिस्तारै थोरै मात्रामा शोषण गर्दै गएको जानुपर्छ । जहाँबाट ती पोषक तत्वहरू रगतभित्र जान्छ । दुग्ध उत्पादनहरूमा क्याल्सियम धेरै मात्रामा पाउने गरिन्छ । जसले एन्टिबायोटिकसँग मिसिँदा औषधिलाई प्रभावहीन बनाउँछ । साथै, शरीरका अरू अंगले पनि एन्टिबायोटिकलाई शोषण गर्न सक्दैन ।

सिमी र चिज

भुटेको गेडागुडी र चिज जस्ता परिकारले शरीरको पाचन प्रणालीमा असर गर्ने एवं शरीरको ऊर्जा अधिक खर्च गर्ने गर्छ । यस्तो खानाका कारण शरीरले प्रोटिनबाट अमिनो एसिडको थोरै मात्रा अवशोषण गर्छ । जबकि बाँकी प्रोटिन खेर जाने गर्छ । जसले बढी विष र अम्लियपना उत्पन्न गर्छ । शरीरमा रहेको एसिडले हड्डीको द्रव्यमानलाई कम गर्न र प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने गर्छ ।

खानासँग रक्सी

खानासँग चिसो खाले पेय पदार्थ खानु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यस्ता पेय पदार्थ खानासँगै खाँदा त्यसले पाचन प्रणालीमा अवरोध गर्नसक्ने पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार कार्बोनेटेड पेयले पाचन प्रणालीमा असर गर्छ । फलस्वरुप पाचन प्रक्रिया नै ढिलो हुन जान्छ ।

सम्बन्धित समाचार

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।