Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
नेपाल माइत हिडेकी अन्जनाको माइती गाउँ पुग्न नपाउदै खोलाले बगायर मृ'त्यु

माइत हिडेकी अन्जनाको माइती गाउँ पुग्न नपाउदै खोलाले बगायर मृ’त्यु

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:  तेह्रथुममा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान भाग्यले बचेका छन् ।तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु हो ।उनका श्रीमान घा’इते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिएका छन् ।

अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृ त अवस्थामा स्थानीयले भेटाएका थिए ।मृ तकको पोष्टर्माटमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै सप्तकोशी नदीमा आज बिहान यस वर्षकै उच्च बहाव मापन गरिएको छ ।मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ ।

यो वर्षकै उच्च मापन हो ।ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ ।अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको हाे । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । कोसीको बहावले खतराको सतह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

उनीहरुलाई नदी किनाराकाे बस्तिमा नबस्न सूचित गराइएकाे छ । कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पस्न थालेको छ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X