Sunday, October 25, 2020

Sunday, October 25, 2020
अन्तर्राष्ट्रिय 'सुधार उन्मुख हुनुअघि ख'राब हुने' ट्रम्प'को अनु'मान

‘सुधार उन्मुख हुनुअघि ख’राब हुने’ ट्रम्प’को अनु’मान

Published:

On: Nepal

Nepal Online Patrika: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको महा’मा’रीको कारण देखापरेको अवस्था ‘सुधार उन्मुख हुनुअघि खरा’ब हुने’ अनुमान गरेका छन्।

उनले कोरोनाभाइरस सम्बन्धी पत्रकारहरूलाई जानकारी दिने काम फेरि सुरु गरेका छन् र त्यही बेला उनले यस्तो बताएका हुन्। उनले सबै अमेरिकीहरूलाई मुख ढाकेर हिँड्न पनि भने। त्यसको असर हुने भन्दै उनले ‘देशप्रेम’ देखाउन पनि भनेका छन्। सोही पत्रकार सम्मेलनका बेला उनले मास्क लगाएका थिएनन्। तर यसअघि भने उनले यस्ता व्यक्तिगत सुर’क्षा साम’ग्रीको म’हत्त्व खासै नभएको बताउने गरेका थिए।

आ’लोचना

अमेरिकाभर भाइरसबाट सङ्क्रमित हुनेको स’ङ्ख्या उल्लेख्य रुपमा बढिरहँदा राष्ट्रपतिका सहयोगीहरूले उनलाई भाइरसबारे अपुष्ट कुरा नबोल्न भनेको बताइन्छ। एप्रिलमा दैनिक हुने ब्रिफिङकै क्रममा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको उपचार निसङ्क्रमित बनाउने खोप लगाएर गर्न सकिने बताएपछि उनको चर्को आ’लोचना भएको थियो।

त्यसपछि मिडिया ब्रिफिङ पनि रोकिएको थियो। महिनौंपछि मङ्गलवार ह्वाइट हाउसमा भएको ब्रिफिङमा उनले धेरैजसो लेखिएकै कुरा भनेका थिए। उनले त्यहाँ खासगरी जनस्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको महामारीबारे भन्दै आएको कुरा नै भनेका थिए। ट्रम्पले ‘दुर्भाग्यवश कोरोनाभाइरस सुधारको दिशातर्फ जानुअघि खराब हुने’ भन्दै चेतावनी दिएका हुन्।

सरसफाइमा जोड

उनले भने: “हामी सबैलाई यही भनिरहेका छौं कि जब तपाईँ सामाजिक दूरी राख्न सक्नुहुन्न त्यतिबेला मास्क लगाउनुस्।” “तपाईँलाई मास्क मन परे पनि मन नपरे पनि त्यसको असर हुन्छ र हामीले पाउन सक्ने प्रत्येक कुरा हामीलाई चाहिन्छ।” मिडियाका अगाडि भने मास्क लगाउन ट्रम्प अनिच्छुक देखिन्छन्। हालै एउटा सैन्य अस्पतालको भ्रमणमा जाँदा भने उनले मास्क लगाएका थिए।

राष्ट्रपति ट्रम्पले भने: “हामी अमेरिकीहरूलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सरसफाइमा ध्यान दिन भनिरहेका छौं – प्रत्येक पटक मौका मिल्दा हात धुनुस्।” “हामी युवाहरूलाई भीडभाडयुक्त बारहरू र घरभित्र हुने भेलाहरूमा नजान अनुरोध गरिरहेका छौं। सुरक्षित र चलाख हुनुहोस्।”

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिका, विश्वमै कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै रहेको देश हो। अहिलेसम्म त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख नाघिसकेको छ भने १ लाख ४१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

ताजा समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।