Thursday, October 29, 2020

Thursday, October 29, 2020
आर्थिक लिवर्टी इनर्जीको आइपीओ खुल्यो

लिवर्टी इनर्जीको आइपीओ खुल्यो

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: लिवर्टी इनर्जी कम्पनीको स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन ७ गते) बाट आइपीओ बिक्री खुला भएको छ । कम्पनीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लिवर्टीले पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १०% आइपीओे निष्कासन गरेको हो ।

यस कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (तत्कालीन फलेनी र डोढोडेनी गाविस) का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता (३३.३३%) खुला गरेको छ । यसैगरी, आयोजना प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं. ११ का स्थानीयलाई छुट्याएको मध्ये ५ लाखकित्ता (३३.३३%) सेयर पनि बिक्री खुला गरिएको छ ।

त्यसैगरी, लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३%) सेयर बिक्री खुला भएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यो आइपीओमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

लिवर्टीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो । जसमध्ये १५ लाखकित्ता स्थानीयलाई खुला गरेको हो । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकमआधार जनाउने ग्रेड ४ रेटिङ दिएको हो ।

यसले लमजुङ जिल्लाको फलेनी र दोदेनीगाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ । यसअघि कम्पनीले गत फागुन २७ गतेबाट उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । तर, कोरोनाका कारण चैत ११ गतेबाट देशमा लक डाउन सुरु भएपछि बीचैमा बिक्री कार्य स्थगन गरिएको थियो । यसअघि आवेदन नदिएकाले अब दिन सक्नेछन् ।

सम्बन्धित समाचार

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको जनाएको छ।

अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशन

दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।