Saturday, December 5, 2020

Saturday, December 5, 2020
आर्थिक कृषि अनुदानमै सकियो ६३ अर्ब

कृषि अनुदानमै सकियो ६३ अर्ब

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानमा मात्र ६३ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार ६ वर्षमा मन्त्रालयले कृषि अनुदानमा ६३ अर्ब १३ करोड रुपैयाँ खर्च हो ।

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२-७३ मा १० अर्ब ४ करोड कृषि अनुदान खर्च गरेको थियो । यसैगरी आर्थिक वर्ष २०७३-७४ मा १० अर्ब ७८ करोड वितरण भएको थियो । आर्थिक २०७४-७५ मा भने ८ अर्ब ७६ करोड र आर्थिक वर्ष २०७५-७६ मा १२ अर्ब २९ करोड रुपैयाँ कृषि अनुदान वितरण गरेको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७६-७७ मा १० अर्ब ५५ करोड रुपैयाँ अनुदान वितरण गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

कृषि मन्त्रालयले उन्नत बीउ बिजन, उत्पादन एवं खरिद, मत्स्य विकास, बाली संरक्षण तथा विकास, कृषि यान्त्रीकरण तथा खाद्य सुरक्षा, बाली तथा पशु बिमा, तरकारी खेती, कृषि औजारलगायतमा किसानलाई अनुदान वितरण दिएको छ ।

मन्त्रालयले किसानलाई प्रोत्साहनका लागि ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म अनुदान दिन्छ । सरकारले कृषि क्षेत्रमा जसरी कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिरहेको छ सोअनुसार उपलब्धि लिन नसकेको कृषि मन्त्रालका अधिकारी बताउँछन् । कृषि अनुदानको सदुपयोगभन्दा धेरै दुरुपयोग हुने हुँदा कृषि क्षेत्रमा वितरण गर्दै अनुदानको उपलब्धि कमै देखिएको कृषि विज्ञ बताउँछन् ।

कृषि क्षेत्रमा वितरण हुँदै आएको अनुदान सदुपयोग भन्दा दुरुपयोग बढी भएको कृषि मन्त्रालयकै प्रवक्ता डा. हरिबहादुर केसी स्विकार्छन् । उनले वास्तविक किसानले भन्दा पहुँच भएका व्यक्तिले कृषि अनुदान लिएर जाने हुँदा कृषि अनुदानको दुरुपयोग हुने गरेको बताए । कृषि अनुदान कार्यविधिमा अनुदानका लागि कृषकले योजनासहितका कागजपत्र पेस गर्नुपर्छ । प्रवक्ता केसीले भने, ‘वास्तविक कृषकले योजनासहितको कागजपत्र बुझाउन नसक्ने हुँदा पहुँच भएका व्यक्तिले टाठाबाठा कृषकले अनुदान लिन्छन् ।

वास्तविक कृषकले योजनासहितको कागजपत्र बुझाउन सक्दैनन् । सम्बन्धित निकायले वितरण गरेको अनुदानको अनुगमन गर्न नसक्दा कृषि अनुदान दुरुपयोग भएको प्रवक्ता केसीले बताए । विगतका वर्षमा वितरण गर्दै आएको कृषि अनुदान वितरण प्रणालीले गलत व्यक्तिको हातमा गएको हुँदा यसलाई प्रभाकारी बनाउन मन्त्रालयले अनुदान वितरण प्रणाली नै परिवर्तन गर्न थालेको प्रवक्ता केसीले बताए ।

नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि अनुदान वास्तविक किसानको हातमा भन्दा पहुँच भएका व्यक्तिका लिने हुँदा कृषि अनुदान सदुपयोग भन्दा दुरुपयोग बढी भएको बताए । सरकारले कृषि क्षेत्रमा गरेको लगानीको चरम दुरुपयोग भएको उनको भनाइ छ । कृषि अनुदानमा सरोकारवाला कर्मचारीदेखि पहुँच भएका व्यक्ति नै कृषि अनुदानको दुरुपयोग गर्ने गरेको उनले बताए । वास्तविक किसानको ठाउँमा कृषि अनुदान नपुग्ने उनको भनाइ छ ।

कृषि मन्त्रालयले वितरण गर्दै आएको कृषि अनुदान ९० प्रतिशत गैरकिसानले पाउने लिइन्छ भने १० प्रतिशत मात्र वास्तविक किसानले पाइन्छ । अधिकारीले भने, ‘कृषिमा आएको अनुदान पहुँच भएका व्यक्तिले कर्मचारीको मिलोमतोमा दुरुपयोग गर्छन् । सरकारले अनुदान वितरण गर्छ त्यसको प्रभावकारी अनुगमन हुँदैन । त्यसकारण पनि कृषि अनुदान प्रभावकारी हँुदैन । अनुदानको दुरुपयोग धेरै नै हुन्छ । अधिकारीलले भने, ‘कृषि क्षेत्रको अनुदानलाई प्रभावकारी बनाउन प्रभावकारी अनुमगन गर्नुपर्ने उनको भनाइ छ ।

कृषि क्षेत्रमा वितरण हुने अनुदानले सोचेजस्तो उपलब्धि नभए पनि केही सुधार आएको मन्त्रालयका पूर्वसचिव उत्तमकुमार भट्टराईले बताए । उनले कृषि क्षेत्रको अनुदान दुरुपयोग नहुने होइन तर केही सुधार पनि भएको उनको भनाइ छ ।

अनुदानलाई सदुपयोग हुनका अनुदानलाई ऋणका रूपमा दिनुपर्ने बताउँछन् । सहुलियत ऋणमा कृषिलाई अनुदान दिइँदा कृषकले अनुदानको दुरुपयोग नगर्ने बताए । किसानलाई दिइने रासायनिक मल र बीउबाहेक अन्य अरूमा दिइने कृषि अनुदानलाई हटाएर सहुलियत ऋण उपलब्ध गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको हो ।

अब नेपालबाटै नेटफ्लिक्स र अमेजनको भुक्तानी, यस्तो छ राष्ट्र बैंकको नयाँ नीति

अब नेपालबाटै नेटफ्लिक्स तथा अमेजनको भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अन्तर्राष्ट्रिय डिजिटल सेवा तथा ईकमर्सको भुक्तानीको विषयलाई समेटेको हो ।

खुसीको खबर : घटेपछि खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य सूची हेर्नुहोस्‘

सरकारले लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमलेपछिल्लो समय धेरै समयपछि प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।