Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाल पहि'रोबाट ज्या'न गुमा'उनेको संख्या दशककै उच्च

पहि’रोबाट ज्या’न गुमा’उनेको संख्या दशककै उच्च

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: गत ३० जेठबाट सुरु मनसुनका कारण प्राकृतिक विपत्तिका घटनामा परी हिजो मंगलबारसम्म देशभर १ सय १७ जनाले ज्या’न गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष मनसुन सुरु भएको पहिलो महिना अघिल्ला दस वर्षको तुलनामा धेरै मान’वीय क्ष’ति भएको छ । जसअनुसार गत ३० जेठयता हिजो मंगलबारसम्म पहि’रोका कारण देशभर १ सय १४ जनाको मृ’त्यु भएको छ भने बाढीका कारण तीन जनाले ज्या’न गुमाइसकेका छन् । पहिरोमा ४६ बे’पत्ता र मंगलबार साँझसम्म ९१ जना घाइते भएका छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यसपटक मनसुन पहिलो महिना पहिरोबाट भएको मानवीय क्षति एक दशककै उच्च हो । गत वर्ष मनसुन पहिलो महिना पहिरोमा ३३ जनाले जनाले ज्यान गुमाएका थिए । २०७५ मा १०, २०७४ मा २३ तथा २०७३ मा १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, २०७२ सालमा मनसुन पहिलो महिना पहिरोबाट १३, २०७१ मा १७, २०७० मा २९, २०६९ मा १७, २०६८ मा ३८ तथा २०६७ मा प ि३८ जनाकै ज्या’न गएको थियो ।

कार्यकारी प्रमुख पोखरेल मनसुनका कारण यस वर्षको पहिलो महिनामा धेरै क्षति व्यहोर्नुपरेको बताउ“छन् । ‘पछिल्ला केही वर्षको मनसुनको पहिलो महिना हेर्दा यस वर्ष राम्रो संकेत देखिएन,’ उनले राजधानीसित भने, ‘पहिलो महिनामै पहिरोबाट धेरै मान’वीय क्षति हुन पुगेको छ ।’

मनसुन पहिलो महिनामै धेरै क्षति हुनु ‘प्रि–मनसुन’मा भएको भारी वर्षा मानिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसवर्ष ‘प्रि–मनसुन’मा मुलुकका धेरै स्थानमा औसतभन्दा बढी वर्षा भएको छ ।

मनसुनअघिको एक महिनाको रेकर्डअनुसार धनगढीमा १७६.३ मिलिमिटर वर्षा भएको छ । त्यहाँ हुनुपर्ने औसत वर्षा ७८.९ मिलिमिटरमात्रै हो । त्यस्तै, पोखरामा २५९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा ४६६.९८ र सिमरामा १३०.९ मिलिमिटर वर्षा हुनुपर्नेमा २०२.७ मिलिमिटर वर्षा भएको छ ।

नेपालमा वर्षभर हुने करिब ८० प्रतिशत वर्षा मनसुनमा हुने गरेको छ । प्राधिकरणले नेपालमा मनसुनी प्रभाव सक्रिय रहने समय सय दिनलाई मान्दै आएको छ ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।