Friday, October 23, 2020

Friday, October 23, 2020
खेलकुद रोनाल्डाको ५० गोल तीन फरक लिगमा

रोनाल्डाको ५० गोल तीन फरक लिगमा

Published:

On: Nepal

Nepal Online Patrika | Source: पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो तीन फरक लिगमा ५० गोल गर्र्ने पहिलो र एक्ला खेलाडी बनेका छन् । इटालियन सिरी ‘ए’अन्र्तगत लाजियोविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले तीन फरक लिग ९इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’०मा ५० गोल पूरा गर्ने पहिलो र एक्ला खेलाडी बन्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यस्तै, रोनाल्डो १९९५ पछि सिरी ‘ए’मा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन् । रोनाल्डोले सिरी ‘ए’मा दुई सिजनमै ५० गोल पूरा गरेका हुन् । २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन २१ गोल र यो सिजन ३० गोल गरेका छन् । गोल मेसिन मानिने रोनाल्डोले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा ५१ गोल गरेका छन् । यस्तै, ३५ वर्षे रोनाल्डोले यो सिजन सिरी ‘ए’मा पेनाल्टीमार्फत १२ गोल गर्दै १९९४–९५ को सिजनमा गुइसिप्पे सिग्नोरीले राखेको कीर्तिमानलाई समेत बराबरी गरेका छन् ।

रोनाल्डोले लाजियोविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । ६ सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका रोनाल्डोले प्रिमियर लिगमा २९२ खेलमा ११८ गोल गरेका छन् । ९ सिजन रियलमा बिताएका रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरेका छन् । उनी रियलका सदाबहार तथा सर्वाधिक गोलकर्तासमेत हुन् । रोनाल्डोले पोर्चुगलका लागि ९९ गोल गरेका छन् । उनी आफ्नो राष्ट्रका लागि गोल गर्नेको सुचीमा इरानका अली दाइ ९१०९० भन्दा मात्रै पछि छन् ।

युभेन्टस उपाधितर्फ
फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा लाजियोलाई २–१ ले पराजित गर्दै युभेन्ट्स लगातार नवौं सिजन इटालियन सिरी ‘ए’को उपाधिनजिक पुगेको छ । घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ३१औं मिनेटमा युभेन्ट्सका पाउलो डिबाला गोलनजिक पुगेर पनि चुके । ४३औं मिनेटमा लाजियोका सिरो इम्मोवाइलको २५ यार्ड टाढाको प्रहार पोस्टमा लाग्दै बाहिरिँदा लाजियोले पनि अग्रता लिने अवसर खेर फालेको थियो ।

४७औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त ग-यो । रोनाल्डोको प्रहार लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि सुरुवातमा फ्रिकिक दिए पनि भीएआरको सहायतामा युभेन्टसले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोको ५१औं मिनेटमा सदुपयोग गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि पाउलो डिबालाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई खेलमा २–० ले अघि बढाए ।

६५औं मिनेटमा डिबालाको प्रहार क्रसबारमा लागेर फर्कंदा बास्टोसले क्लियर गरेको बललाई रोनाल्डोले हेडर प्रयास गरे पनि क्रसबारबाट थोरै बाहिरिँदा रोनाल्डो ह्याट्रिकबाट चुके । ८३औं मिनेटमा लाजियोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लियोनार्दो बोनुचीले सिरो इम्मोवाइललाई पेनाल्टी बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा सिरो आफंैले गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो । युभेन्टसको ३४ खेलबाट ८० अंक पुगेको छ । जुन दोस्रो स्थानको इन्टर मिलानको भन्दा ८ अंकले बढी हो । पराजित लाजियो ६९ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ ।

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X