Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
अपराध आइजीपी बनेलगत्तै निर्मला काण्ड टुंगो लगाउन कस्सिए शैलेश थापा

आइजीपी बनेलगत्तै निर्मला काण्ड टुंगो लगाउन कस्सिए शैलेश थापा

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले टुंगो लगाउन नसकेको निर्मला काण्डको छिनोफानो गर्न नवनियुक्त प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनुसन्धान प्रक्रिया अगाडी बढाएका छन् ।कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना भएको दुई वर्ष पुग्दैछ । अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन्। तर, अनुसन्धान टुंगोमा पुराउन दुई प्रहरी प्रमुख असफल छन् ।

यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले यो घटनामाथिको अनुसन्धान टुंगोमा पुर्‍याउन सकेनन्। अनेक चर्चा र विवादमा परेका सर्वेन्द्र खनालको कार्यकालमा अनुसन्धान नै गिजोलियो भने चर्चा, विवाद र काम कम भएका ठाकुर ज्ञवालीले फाइल नै छोएनन्।यहीबीचमा नेपाल प्रहरीमा प्रमुख बनेका शैलेश थापा क्षेत्रीले भने यो घटनाको अनुसन्धान निष्कर्षमा पुर्‍याउन सक्रियता देखाएको स्रोतले बताएको छ।

प्रहरीे उच्च श्रोतका अनुसार यसका लागि आईजीपी थापाले तीन डीआईजीसँग छलफल गरिसकेका छन्। महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले छिटो टुंगो लगाउने योजनाका साथ् छलफल अगाडी बढाएको बताइन्छ ।महानिरीक्षक थापाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिइसकेका छन् ।

थापाले यो घटना जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउन सुदूरपश्चिम पैहरी प्रमुख सुवेदी र सीआईबी प्रमुख थालाई निर्देशन समेत दिएको स्रोतको दाबी छ ।यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिएपनि घटना अनुसन्धान टुंगिएको थिएन। घटनास्थलको प्रमाण संकलनमा लापरबाही गरेको, अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ।

हरेक आईजीपीका लागि यो घटनाको अनुसन्धान मुख्य चुनौती बन्ने गरेको छ। यो प्रकरणमा अनुसन्धान गर्ने प्रहरीविरुद्ध समेत मुद्दा चलाइएको छ। प्रहरीमाथि जथाभावी कारबाहीका कारण पनि नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ।हिमाल पोस्ट मा खबर छ

सम्बन्धित समाचार

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

रिया चक्रवर्तीलाई फेरी अर्को झड्का उच्च अदालतको यस्तो फैसला

सुशान्त सिंह आ’त्मह’त्या प्रकरणमा जोडिएको ड्र’ग मा’मिलामा अभिनेत्री रिया चक्रवर्तीलगायत ६ जना न्यायिक हि’रासतमा छन्। शुक्रबार ३ आ’रोपीहरू बसित परिहार, स्यामुअल मिरान्डा र दिपेश सावन्तको ज’मानत या’चिकामाथि मुम्बई हा’इको’र्टमा सु’नु’वाइ भयो।

नेपालभर १६ सय ८१ जनाले गरे आत्महत्या

नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ। साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन्।

भक्तपुर मृत्यु प्रकरणको खुल्यो रहस्य : घरमा झगडा तिर्न नसक्दा ऋण लागेर श्रीमानले लिए श्रीमती र छोराको ज्यान

मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ज्यान गएको घटना थप रहस्यमय बन्दै गएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X