Friday, October 23, 2020

Friday, October 23, 2020
अन्तर्राष्ट्रिय Covid19 Chinese Vaccine अपेक्षा गरिएको समयभन्दा अगाडि नै आउन सक्ने

Covid19 Chinese Vaccine अपेक्षा गरिएको समयभन्दा अगाडि नै आउन सक्ने

Published:

On: Nepal

Nepal Online Patrika | Source: चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसविरुद्ध निर्माण भइरहेका खोपमध्ये एउटा यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्छ।

त्यसो भयो भने अपेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खोप तयार हुनेछ। चाइना न्याश्नल फार्मसूटिकल ग्रूपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने उसको आशा छ।चीनमा एकदमै कम सङ्क्रमण पाइएकोले गत जुन महिनामा उसले खोप आउन केही विलम्ब हुने जनाएको थियो।

सावधानी

तर अहिले संयुक्त अरब एमिरेट्समा हजारौँ मानिस तेस्रो चरणको परीक्षणमा सहभागी भइरहेका छन्। अर्को चिनियाँ कम्पनीले त्यही विधि अपनाई ब्रजिलमा उन्नत खालको परीक्षण गरिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनले खोप विकासका कुरालाई सावधानीपूर्वक हेर्दै आएको छ। उसले खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुनसक्ने बताउने गरेको छ।

यसै हप्ता ब्रिटेनको अक्स्फर्ड विश्वविद्यालयले खोपको विकासमा ठूलो सफलता हासिल गरेको समाचार सार्वजनिक भएको थियो। उक्त विश्वविद्यालयले विकसित गरेको एउटा खोप सुरक्षित र रोगप्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने बताइएको थियो।

एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरविरुद्ध लड्न सक्ने एन्टीबडी र टी-सेल बनाउन सकेको थियो।

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृ’त्यु, नमिठो मानेर नखाएका ३ जना बचे

नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

बजारमा रेम्डेसिभिरको हाहाकार, ६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार

कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X